महोत्तरी : पूर्व स्वास्थ्य तथा जनसंख्या राज्य मन्त्री डा. सुरेन्द्र कुमार यादव र मधेश प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानून राज्य मन्त्री तथा प्रदेश सांसद सरोज सिंह कुश्वाहाद्वारा संसदीय कोषबाट निर्मित एकै दिन दुई धर्मशाला र एक ब्रह्म्स्थान राम जानकी कुटी सौन्दर्यकरन उद्घाटन गरिएको छ।
मनराशिस्वा नगरपालिका-२ मा निर्माण गरिएको नवनिर्मित धर्मशाला तथा ब्रह्म्स्थान राम जानकी कुटी सौन्दर्यकरन संघीय सांसद यादव र प्रदेश सभा सदस्य कुश्वाहाले उक्त धर्मशालाको धर्मशाला तथा प्रतिक्षालयको निर्माण गरिएको हो । उक्त संरचनाको उद्धघाटन गरी शुक्रबार धर्मशालाको र प्रतिक्षालय लागि उद्घाटन गरिएको हो ।
सो कार्यक्रममा संघीय परिसद् सदस्य दिपक झा (गुडू), वडा नं २ का पूर्व वडाध्यक्ष विनोद सिंह, पूर्व मेयर संजय सिंह, , मनरा शिस्वा – १ का बुथ कमिटि अध्यक्ष रुपनरायण भागत,महेन्द्र यादव, कार्यक्रमका अध्यक्ष सुनिल यादव लगायतको उपस्थिती रहेको थियो ।
























