जनकपुरधाम, साउन ३१ । जनता समाजवादी पार्टी नेपाल मधेश प्रदेश समितिको सचिवमा युवा नेता जितेन्द्र कुमार यादव मनोनित भएका छन ।
जसपा मधेश प्रदेश समितिको आज सम्पन्न पदाधिकारी बैठकले यादवलाई सचिव पदमा मनोनयन गरेको प्रदेश अध्यक्ष रामबाबु कुमार यादवले जनाएका छन ।
मधेश विद्रोह २०६३ देखी सक्रिय यादव जसपाको पेशागत संगठन बौद्धिक पेशाकर्मी महासंघका उपाध्यक्ष, तत्कालिन संघीय समाजवादी फोरमको निर्वाचन समिति सदस्य लगायतको जिम्मेवारीमा रहेर काम गरि सकेका छन ।
आसन्न निर्वाचनमा धनुषा निर्वाचन क्षेत्र नं. ३ बाट उम्मेदवारी दिने घोषणा गरेका यादव पार्टीको मुल संगठनमा प्रदेश सचिवको जिम्मेवारी पाएका हुन ।
























