जनतासमाजवादी पार्टी जसपा अध्यक्ष उपेन्द्र यादवले मधेस प्रदेशका मुख्यमन्त्रीमोहम्मद लालबाबु राउतलाई पदबाट राजीनामा दिन निर्देशन नदिएको बताएकाछन् ।
जनकपुरमा मंगलबार सञ्चारकर्मीसँग कुरा गर्दै यादवले मुख्यमन्त्रीराउतलाई राजीनामा दिन निर्देशन दिएको भनेर बाहिर आएको हल्लामा सत्यतानभएको स्पस्ट गरे ।
मुख्यमन्त्रीलाई राजीनीमा दिन कुनै निर्देशननदीएको र हटाउने योजना पनि नरहेको उनको भनाइ थियो ।
मुख्यमन्त्री राउतले पनि आफूलाई राजीनामा दिन कुनै निर्देशन नआएको जानकारी दिए ।सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनलेआफूलाई पार्टी अध्यक्षबाट राजीनामाका लागि निर्देशन नआएको बताए ।
























