जनकपुधाम ,भदौ १० गते । धनुषा निर्वाचन क्षेत्र नं २ को प्रतिनिधि सभा क्षेत्रिय अध्यक्षमा युवा नेता उमेश निरालालाई सर्वसहमतिबाट चयन गरिएको छ ।
जसपा जिल्ला अध्यक्ष पशुपति यादवको अध्यक्षतामा शहिदनगर नगरपालिका यदुकूहा सम्पन्न क्षेत्रिय भेलाबाट क्षेत्रिय अध्यक्ष मा निराला , धनुषा प्रदेश सभा निर्वाचन क्षेत्र २ को १ का लागि विशेश्वर यादव र क्षेत्र २, २ का लागि सुर्यचन्द्र यादव क्षेत्रिय अध्यक्ष मा चयन गरिएको छ।
जसपा केन्द्रीय पर्यवेक्षक बालकिसोर यादवको विशेष उपस्थितिमा सम्पन्न भएको भेलामा जसपा राजनीति समिति सदस्य द्वय अरुणसिंह मंडल,उर्मिला साह ,केन्द्रीय सदस्यहरु चन्देश्वर सदा,ममता मंडल,संघीय परिषद सदस्य द्वय अबदुल शेख,ई विजय मंडल,प्रदेश सांसद द्वय रामअशिष यादव ,शैलेन्द्र यादव ,प्रदेश सदस्यहरु रामु महरा ,देवकृष्ण मंडल,जिल्ला उपाध्यक्ष अम्भु प्रसाद साह,शहिदनगर नगरपालिका का नगर प्रमुख दिनेश यादव,जनकनन्दनीका नगर प्रमुख दिपिनदेव यादव, नेता बलराम महतो सहितका सहभागिता रहेका छन।
सो क्षेत्रिय भेलामा धनुषा निर्वाचन क्षेत्र नं २ का ४३ वडाका अधिकांश जसपा वडा समितिका वाड अध्यक्ष को सहभागिता रहेका थिए ।
प्रतिक्रिया दिनुहोस्