जनकपुरधाम, भदौ १६ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवको नाउँ प्रतिनिधि सभा निर्वाचनको लागि धनुषा बाट समेत सिफारिस भएको छ ।
धनुषा निर्वाचन क्षेत्र नं. को क्षेत्रीय समितिले अध्यक्ष यादवलाई धनुषा निर्वाचन क्षेत्र नं. ३ बाट चुनाव लडन आग्रह सहित प्रतिनिधि सभा को लागि नाम सिफारिस गरेको क्षेत्र नं ३ (क) सभापति जय कुमार यादवले जनाएका छन ।
अध्यक्ष यादवका साथै प्रतिनिधि सभाका लागि जनकपुरधाम उपमहानगर का पुर्ब मेयर लालकिशोर साह र जसपा मधेश प्रदेश समितिका सचिव जितेन्द्र यादवको नाउ समेत सिफारिस गरिएको छ ।
सप्तरी बाट प्रतिनिधि सभा सदस्य मा निर्वाचित अध्यक्ष यादवको नाँउ यश अघि बारा र सिरहा बाट समेत सिफारिस भै सकेको छ ।
























