जनकपुरधाम,चैत्र २५ गते । उपराष्टपति राम सहाय यादवले विश्व को हिन्दुहरुको अास्थाको केन्द्र जनकपुरधामको प्रसिद्ध जानकी मन्दिरमा पुजा पाठ दर्शन गरेका छन।
मधेस प्रदेशको को राजधानी जनकपुरधाममा को जानकी मन्दिरमा महामहिम उपराष्टपति यादवलाई मन्दिरका छोटा महन्त रामरोशन दासले स्वागत र सम्मान गरेका छन।
यश अघि महामहिम उपराष्टपति यादवलाई जनकपुरधाम विमानस्थल मा प्रदेश प्रमुख हरिशंकर मिश्रा,मधेघ प्रदेश का समाजिक विकास मंन्त्री सुरिता साह,प्रदेश सांसद रामअशिष यादव ,जनकपुरधाम उपमहानगरपालिका का नगर प्रमुख मनोज साह,मुख्य न्यायधिवक्ता विरेन्द्र ठाकुर ,जनकनन्दनी गाउँ पालिका प्रमुख विपिन देव यादव , संविधान सभा सदस्य उर्मिला साह,पुर्व सांसद चमेलि देवी दास,नेता रामगोविन्द यादव,बेचन मुखिया ,जसपा युवा नेता पशुपति यादव,प्रमुख जिल्ला अधिकारी काशी राज दहाल,सहित सुरक्षा निकायका प्रमुख हरु सहित विभिन्न राजनीति दलका नेता समाजसेवी हरु,ले स्वागत सम्मान गरेका छन।
पर्यावरण अभियन्ता प्रदेश सांसद रामअशिष यादव र वृक्ष मानव सुरेश शर्मा ले “समृद्ध मधेस , स्वच्छ प्रदेश ” को सन्देश दिदै महामहिम उपराष्टपति यादवलाई रुद्राक्ष को विरुवा उपहार प्रदान गरेका छन।
प्रतिक्रिया दिनुहोस्