जनकपुरधाम । नेपालमा अन्धविश्वास तथा सामाजिक कुसंस्कारका अवशेष विद्यमान रहेको कारण समाजमा दलित सामुदायमाथी भेदभाव तथा हिंसाजन्य घटना घटिरहेको अवस्थामा यस्ता कुरीतिलाई अन्त्य गर्न नेपालको संविधानको धरा २४ मा छुवाछूत तथा भेदभाव विरुद्धको मौलिक हकलाइ आत्मसात गर्दै दलित सामुदायको समाजिक -साँस्कृतिक , राजनीतिक , नागरिक , आर्थिक शैक्षिक विकास प्रक्रियामा दलित सामुदायको सहभागीतालाइ सुनिश्चित गर्न मधेस प्रदेश सरकारले दलित सशक्तीकरण एन ल्याएको छ ।
जातीय विभेद तथा छुवाछूतको घटनाहरुको अध्यन , अनुगमन तथा जातिय विभेद तथा छुवाछूत सम्बन्धि कानुन कार्यान्वयन र दलित सशक्तीकरण एन लाई प्रभावकारी कार्यान्वयन गर्न गराउन “स्थानीय जातीय भेदभाव तथा छुवाछुत अनुगमन समिति ” गठन गर्न मधेस प्रदेशका सबै स्थानीय तहलाई पत्राचार गरिसकेको छ । प्रदेश सरकारको निर्देशिका अनुसार धनुषा जिल्लाको हँसपुर नगरपालिकाले आज ” स्थानीय जातिय विभेद तथा छुवाछूत अनुगमन समिति ” गठन गरेको छ ।
नगर प्रमुख प्रदिप कुमार यादवको अध्यक्षतामा ८ सदस्य समिति गठन गरिएको छ ।समितिको संयोजकमा कार्यपालिका सदस्य एवं युवा अभियन्ता राजेश सक्सेना,सदस्यमा रेस्मा देवी सदा , मनोज पासवान , टिकुमाया रोका , ध्रमेन्द्र पासवान , कुन्दन दत्त दास, चुल्हाइ पासवान लगाएतका ब्यक्ति चयन गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्