
महोत्तरी जेष्ठ १४ गते। मधेस प्रदेशका सांसद एवम् पुर्व आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री सरोज सिंह कुशवाहाद्वारा ब्राह्मस्थानको कम्पाउण्डबाल र सौन्दर्यकरणको शिलान्यास गर्नुभएको छ।
महोत्तरी निर्वाचन क्षेत्र ४ को (ख) बाट निर्वाचित मधेस प्रदेशका सांसद एबम पुर्ब आन्तरिक मामिला तथा कानुन राज्य मन्त्री सरोज सिंह कुशवाहाको प्रमुख अतिथिमा आज एक कार्यक्रमका बीच रामगोपालपुर नगरपालिका वडा नं.५ ब्रह्मस्थान को कम्पाउण्डवाल लगायत सौन्दर्यकरणको शिलान्यास तथा शुभारंभ गर्नुभएको हो।
आफ्नो बिशेष पहलमा मधेश प्रदेशको पर्यटन मन्त्रालयको बजेटबाट करिब २० लाखको लागतमा ब्राह्मस्थानको कम्पाउण्डबाल तथा सौन्दर्यकरणको कार्य
शुरु हुन लागेको बताए।
उक्त शिलान्यास कार्यक्रममा विशिष्ट अतिथि नगर प्रमुख राम दुलर साह, अतिथि वाडा अध्यक्ष मकेश्वर शर्मा,ज.स.पा महिलानेता पुनम देवी यादव, ने.क.पा.एमाले नेता जिवछ चौधरी, लो.स.पा. नेता राम बाबु सिंह, ने.क.पा. माओवादी नेता राम एकवाल मण्डल,ज.स.पा नेता राम सागर मण्डल, श्याम यादव, बिकास चौधरी र स्थानीय शिवजी साह लगायत अन्यनेतागण, नागरिक समाज र युवा हरुको उपस्थितिमा समारोह सम्पन्न भयो ।

प्रतिक्रिया दिनुहोस्