महोत्तरी जेष्ठ २६ गते। मधेस प्रदेशका सांसद एवम् पुर्व आन्तरिक मामिला तथा कानुन राज्य मन्त्री सरोज सिंह कुशवाहाद्वारा स्वास्थ्य चौकीको शिलान्यास गर्नु भएको छ।
महोत्तरी निर्वाचन क्षेत्र ४ को (ख) बाट निर्वाचित मधेस प्रदेशका सांसद एबम पुर्ब आन्तरिक मामिला तथा कानुन राज्य मन्त्री सरोज सिंह कुशवाहाको प्रमुख अतिथिमा आज एक कार्यक्रमका बीच रामगोपालपुर नगरपालिका वडा नं. ७ सहसौलामा स्वास्थय चौकी भवनको शिलान्यास तथा शुभारंभ गर्नुभएको हो।
आफ्नो बिशेष पहलमा मधेश प्रदेशको पर्यटन मन्त्रालयको बजेटबाट करिब २५ लाखको लागतमा स्वास्थ्य चौकी भवन निर्माण कार्य शुरु हुन लागेको बताए।
उक्त कार्यक्रममा विशिष्ट अतिथि ने.क.पा.एमालेका महिला नेत्री एवम् उपप्रमुख रिना देवी यादव, अतिथि ने.क.पा.एमालेका पुर्व मुखिया नरेश यादव, स्थानीय महिला वाडा सदस्य मिना देवी यादव, ज.स.पा.नेपाल नेता सत्यनारायण चौधरी, बैजु साह, शिब नारायण सिंह र अन्यनेतागण, नागरिक समाज र युवा हरुको उपस्थितिमा समारोह सम्पन्न भयो ।
























