काठमाडौं। नेपाली कांग्रेसले आफ्नो आर्थिक नीति तथा योजना विभागमा १० सदस्य मनोनयन गरेको छ।पार्टी सभापति शेरबहादुर देउवाले नेपाल धितोपत्र बोर्डका पूर्वधध्यक्ष डा. रेवतबहादुर कार्कीसहित १० जनालाई विभागको सदस्य मनोनीत गरेका हुन्।
देउवाले ओखलढुंगाका कार्कीका अलावा धनुषाका प्रा. विनय कुसियत, काठमाडौंकी प्रा.डा. रश्मी राजभण्डारी, रोल्पाका डा. सुदन ओली, लमजुङका डा. ईशा घर्ती, धादिङका डा. प्रताप छत्कुली र राजकुमार त्रिपाठी, कैलालीका डा. राजेन्द्र बीर चन्द, सुर्खेतका अमरबहादुर रोकाय र ललितपुरका होमप्रसाद घिमिरेलाई विभागको सदस्य मनोनीत गरेको कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।विभाग प्रमुख पार्टीका केन्द्रीय सदस्य प्रा.डा. गोविन्दराज पोखरेल हुन्।
प्रतिक्रिया दिनुहोस्