आमिन राईन/ नवलपरासी, माघ १२ गते। जनता समाजवादी पार्टी नेपाल नवलपरासी जिल्ला पदाधिकारी तथा युवा, विद्यार्थीको सक्रिय सहभागितामा समाजवादी विद्यार्थी युनियन नेपालको आगामी सवियु निर्वाचन तथा राष्ट्रिय महाधिवेशनको तयारी सम्बन्धि छलफल र भेटघाट सम्पन्न भएको छ।
यस बैठकमा समाजवादी विद्यार्थी युनियन नेपाल केन्द्रिय अध्यक्ष रमेश यादव, जसपा नेपाल जिल्ला अध्यक्ष धरेन्द्र यादव, जिल्ला पदाधिकारी एवम् युवा, विद्यार्थीका पदाधिकारीहरू र समाजवादी विद्यार्थी युनियनका सदस्यहरू सहभागी थिए। उपस्थितहरूले आगामी निर्वाचनमा पार्टीको रणनीति र तयारीलाई मध्यनजर गर्दै विभिन्न मुद्दाहरूमा विचार विमर्श गरे।
यस अवसरमा समाजवादी विद्यार्थी युनियन नेपालका नेता तथा कार्यकर्ताहरूले संगठनको मजबुती र आगामी महाधिवेशनको तयारीमा ध्यान केन्द्रित गर्ने बताएका छन्। युनियनका नेता र पदाधिकारीहरूले युवा शक्ति र विद्यार्थीहरूको भूमिका देशको समृद्धिमा महत्वपूर्ण रहेको उल्लेख गर्दै आगामी चुनावमा सक्रियता प्रकट गर्ने प्रतिबद्धता जनाए।
कार्यक्रमको अन्त्यमा, सहभागिहरूसँग खुलेर विचार विमर्श गरिएको थियो र आगामी दिनहरूमा संयुक्त प्रयास गर्ने आवश्यकता रहेको बधाई दिने वक्तव्य पनि व्यक्त गरियो।
प्रतिक्रिया दिनुहोस्