• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

स्वास्थ्य सेवामा सबैको पहूँच हुनुपर्दछ : उपराष्ट्रपति यादव

१२ फाल्गुन २०८१, सोमबार
स्वास्थ्य सेवामा सबैको पहूँच हुनुपर्दछ : उपराष्ट्रपति यादव

परवानीपुर (बारा) फाल्गुन १२ गते। सम्माननीय उपराष्ट्रपति रामसहाय प्रसाद यादवले नेपालको संविधानले आधारभूत स्वास्थ्य सेवा नागरिकको मौलिक हकका रूपमा स्थापित गरेकोले यसमा सबैको पहूँच हुनुपर्ने उल्लेख गर्दै यसलाई पूरा गर्न सरकारी तथा नीजि स्वास्थ्य क्षेत्रको थप सक्रिय भूमिका र सेवा भाव अपरिहार्य आवश्यकता रहेको औल्याउनु भएको छ ।
उपराष्ट्रपति यादवले मधेश प्रदेशको बारा जिल्ला परवानीपुर–४ स्थित रामकुमार महावीरप्रसाद केडिया आँखा अस्पतालले सोमबार स्वर्ण महोत्सव अवसरमा अस्पताल परिसरमा आयोजना गरेको विशेष समारोहलाई प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै उक्त विषय औल्याउनु भएको हो ।
‘नेपालको संविधानले आधारभूत स्वास्थ्य सेवा नागरिकको मौलिक हकका रूपमा स्थापित गरेको छ । यसलाई पूरा गर्न सरकारले आफ्नो नीति, योजना तथा कार्यक्रमहरूलाई प्राथमिकतामा राखेको छ ’ उहाँले भन्नुभयो, ‘मधेश प्रदेशको मात्र नभई सिंगो नेपालकै एक ऐतिहासिक, सांस्कृतिक, आर्थिक र औद्योगिक नगरी वीरगंजको प्रवेश द्वारमा अवस्थित यो अस्पतालले आफ्नो स्थापना कालदेखि नै उच्चस्तरीय आँखा उपचार सेवा उपलब्ध गराउँनु प्रशंसनीय छ ।’
उपराष्ट्रपति यादवले अस्पतालका संस्थापक सदस्यमध्येका सुन्दरमल केडिया र उहाँका परिवारको योगदानको स्मरण गर्दै केडिया आँखा अस्पतालले आँखाको उपचार क्षेत्रमा ठूलो फड्को मारेको र यसले सिंगो मुलुककै गौरव बढाएको बताउनुभयो । ‘ अस्पताललाई यो उचाईमा पुर्याउन सहयोग गर्ने नेपाल नेत्र ज्योति संघ, एशियामा आँखा उपचार सम्बन्धी क्षेत्रमा सहयोग गर्ने संगठन (एओसीए), स्थानीय लायन्स क्लब, ओर्बिस इन्टरनेसनल, चिकित्सक, कर्मचारी र दाता केडिया परिवार सहित सम्पूर्ण सहयोगी हातहरूलाई धन्यवाद दिन चाहन्छु ’ उहाँले भन्नुभयो, ‘अस्पतालले मधेश प्रदेशका विभिन्न जिल्लाहरू र छिमेकी भारतका बिहार एवम् उत्तर प्रदेशका जनसमुदायलाई सेवा प्रदान गर्नु सकारात्मक छ । ’
उपराष्ट्रपति यादवले अस्पतालले विभिन्न आँखा सम्बन्धी स्वास्थ्य सेवाहरू र आधुनिक प्रविधियुक्त प्रयोगशालाहरू मार्फत उत्कृष्ट उपचार प्रदान गरेको उल्लेख गर्दै अस्पताललाई भविष्यमा पनि उत्कृष्ट सेवा मार्फत् मुलुककै नमुना आँखा उपचार केन्द्रको रूपमा विकसित गर्नुपर्ने बताउनु भयो ।
उहाँले स्वर्ण महोत्सवको अवसर पारेर शिलान्यास गरिएका नवनिर्मित भवन र दृष्टि स्तम्भको अनावरणले अस्पताललाई थप उचाईमा पुर्याउने विश्वास व्यक्त गर्दै अस्पतालले थप समर्पित भावबाट आँखा रोगहरूको निदान, उपचार र सर्जरीमा केन्द्रित अन्य सबै सेवाहरू प्रदान गर्दै आपतकालीन सेवाहरू थप विस्तार गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले समारोहमा हीरालाल केडिया ज्योतिर्गमय सम्मान एवम् पुरस्कार पाउनु भएकाहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्दै अस्पतालको उत्तरोत्तर प्रगतिको कामना समेत गर्नुभयो ।
उपराष्ट्रपति यादव गृह जिल्ला बारा पुग्दा उहाँसंग विभिन्न महानुभावहरुले शिष्टाचार भेटघाट गर्नुभएको थियो । उहाँ सोमबार बिहान बारा पुगेर केडिया आँखा अस्पतालको कार्यक्रममा सरिक भई साँझ काठमाडौं फर्कनु भएको छ ।

सम्बन्धित खवर

भुर्तेलको अर्धशतकमा नेदरल्याण्ड्समाथि नेपालको जित
खेलकुद

भुर्तेलको अर्धशतकमा नेदरल्याण्ड्समाथि नेपालको जित

3 days पहिले
विराटनगरका ‘मिटरब्याजी’ मन्टुविरुद्ध सामूहिक उजुरी
प्रदेश विशेष

विराटनगरका ‘मिटरब्याजी’ मन्टुविरुद्ध सामूहिक उजुरी

3 days पहिले
जसपा नेपालले बोलायो केन्द्रीय विभागहहरुको बैठक
प्रदेश विशेष

जसपा नेपाल केन्द्रीय कार्यकारिणी समितिको बैठक भोलि

3 days पहिले
जनकपुर क्षेत्र विकास परिषद्का तत्कालीन निर्देशकसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
प्रदेश विशेष

जनकपुर क्षेत्र विकास परिषद्का तत्कालीन निर्देशकसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

3 days पहिले
सकिना खातुनलाई कार्यवाहक वडा अध्यक्षको जिम्मेवारी
प्रदेश विशेष

सकिना खातुनलाई कार्यवाहक वडा अध्यक्षको जिम्मेवारी

4 days पहिले
सांसद थापाले च्याते संसदभित्रै बजेट किताब
प्रदेश विशेष

सांसद थापाले च्याते संसदभित्रै बजेट किताब

4 days पहिले

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

भुर्तेलको अर्धशतकमा नेदरल्याण्ड्समाथि नेपालको जित

भुर्तेलको अर्धशतकमा नेदरल्याण्ड्समाथि नेपालको जित

3 days पहिले
विराटनगरका ‘मिटरब्याजी’ मन्टुविरुद्ध सामूहिक उजुरी

विराटनगरका ‘मिटरब्याजी’ मन्टुविरुद्ध सामूहिक उजुरी

3 days पहिले
जसपा नेपालले बोलायो केन्द्रीय विभागहहरुको बैठक

जसपा नेपाल केन्द्रीय कार्यकारिणी समितिको बैठक भोलि

3 days पहिले
जनकपुर क्षेत्र विकास परिषद्का तत्कालीन निर्देशकसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

जनकपुर क्षेत्र विकास परिषद्का तत्कालीन निर्देशकसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

3 days पहिले
सकिना खातुनलाई कार्यवाहक वडा अध्यक्षको जिम्मेवारी

सकिना खातुनलाई कार्यवाहक वडा अध्यक्षको जिम्मेवारी

4 days पहिले


अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

 

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि

© 2020 The Pradesh Times || Design By: Pro-Tech