जनकपुरधाम, भदौ १ गते। जनकपुरधामको आत्याधुनिक सेवा सुविधा सम्पन्न धनुषा डेन्टल केयर ले १९ औं वार्षिकोत्सबमा हर्सोल्लासका साथ मनाएका छन्।
धनुषा डेन्टल केयर का सांस्थापक दंतरोग विशेषज्ञ वरिष्ठ चिकित्सक डा उमेश यादव ले परिवारिक तथा सहकर्मीहरुको साथ केक काटेर १९ वार्षिकोत्सव मनाएका छन्।
मधेश प्रदेशको राजधानी जनकपुरधाम करिब दुई दशकदेखि आफ्नो जन्मभूमि र कर्मभूमिलाई विशेष महत्व दिएर गुणस्तरीय डेन्टल सेवा प्रति पूर्ण समर्पित वरिष्ठ चिकित्सक डा उमेश यादवद्वारा स्थापित धनुषा डेन्टल केयर दांत का रोगीहरुका लागि विश्वसनीय केन्द्र बन्दै गएको छ।
भारत लखनऊ का प्रसिद्ध ईनडुमिट्क्स कन्सरभेटिभ KGMU बाट एम डि एस र भारत कै प्रसिद्ध FGE मनिपाल कर्नाटक बाट बि डि एस अध्ययन गरेका डा यादव यस क्षेत्रका रुट कनाल ट्रिटमेन्ट RCT का विशेषज्ञ हुनुहुन्छ।
मधेश प्रदेशको राजधानी जनकपुरधाम को प्रसिद्ध संकट मोचन मन्दिर भन्दा दक्षिण तर्फ स्थापित धनुषा डेन्टल केयर दांत उपचार,सफाई,रुट कनाल ट्रिटमेन्ट RCT, कृतिम दांत व्यवस्थापन,ब्रिज,डेन्टचर, क्राउन सहित अन्य दांत रोगका समस्या समाधान का लागि धनुषा डेन्टल केयर गुणस्तरीय सेवा प्रदान गर्न प्रतिबद्ध रहेको कुरा बरिष्ठ चिकित्सक डा उमेश यादव ले जानकारी दिए छन्।
आधुनिक डेन्टल उपकरण, अनुभवी स्टाफ र आरामदायिक वातावरण मा विहान ९ बजे देखि बेलुका ५ बजे सम्म ओपिडी सेवा र २४ घण्टा इमरजेन्सी सेवा सो डेन्टल केयर मा उपलब्ध रहेको छ।
























