असोज ३० पर्सा । नेकपा माओवादी केन्द्रले शनिबार वीरगञ्जको मुर्ली वडा नं.१२मा शुभकामना आदान प्रदान तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न गरेको छ । वडा कमिटी उपाध्यक्ष सल्मा खातुनको अध्यक्षतामा मुर्ली सिटी पार्टी प्यालेसमा भएको कार्यक्रममा वीरगञ्ज महानगर ईन्चार्ज बाबुराम कौसीकको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा प्रदेश कमिटी सदस्य छोटेलाल यादव, रामबाबु बैठा, प्रदेश सांसद डा.पसमिना कादरी, जिल्ला कमिटी सदस्य नन्दकिशोर पंजियार, प्रभु यादव, डा.हसिबु रहमान अंसारी लगायतले संबोधन गरेका थिए ।
कार्यक्रममा ५० जना भन्दा बढी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका थिए । नव प्रवेशीहरुलाई नेता बाबुराम कौसीक तथा नेता छोटेलाल यादवले संयुक्तरुपामा टिका तथा खादा लगाएर पार्टीमा स्वागत गरेका थिए ।
यसै बिच, मुर्ली वडा नं.१२मा भएको युवाहरुको भेलाले बिरेन्द्र प्रसाद गुप्ताको अध्यक्षतामा ११ सदसीय वाईसिएल कमिटी पनि गठन गरेको छ । कमिटीको उपाध्यक्षमा एहसान अंसारी, सचिवमा बिकी पटेल, सह सचिवमा हरेन्द्र कुश्वाहा, कोषध्यक्षमा राजु साह, सदस्यमा हरिकशोर पटेल, नाजिर अंसारी लगायत चयन भएको बताईएको छ ।
प्रतिक्रिया दिनुहोस्