जनकपुरधाम । मुख्यमन्त्री लालबाबु राउतले जयनगर–जनकपुर रेल विवाहपंचमी महोत्सव अगावै संचालनको लागि नेपाल र भारत सरकारलाई आग्रह गरेका छन् ।
मुख्यमन्त्री राउतले शुक्रबार जनकपुर संचारकर्मीसित संक्षिप्त कुराकानी गर्दै तत्काल रेल संचालनमा पहलको लागि दुवै मुलुकका सरकारलाई आग्रह गरे ।
रेल संचालनमा नआउँदा यस क्षेत्रका जनतालाई भइरहेको समस्यालाई मध्यनजर गरेर तत्काल यसतर्पm पहल हुनुपर्नेमा उनले जोड दिए । प्रदेश सरकार मातहतमा नरहेकोले रेल्वे संचालनको लागि संघीय सरकारलाई आग्रह गरिएको उनले बताए ।
निर्माण कार्य पूरा भइसकेकोले तत्काल संचालन गर्नुपर्ने माग मुख्यमन्त्री राउतले गरे । निर्माण कार्य सम्पन्न गरेर भारतले रेल नेपाललाई हस्तान्तरण गरिसकेको छ । रेल निर्माणको कार्य पूरा भइसकेको छ, उनले भने–अव संचालनमा संघीय सरकारले ढिलाई गर्नुहुँदैन् । लामो समयदेखि प्रतिक्षा गरिरहेका यस जनताको चाहना पूरा गर्नुपर्ने उनले थपे ।
देशकै एक मात्र रेल संचालनको सम्पूर्ण तयारी पूरा भएपनि गुड्न नसकेकोप्रति उनले दुःख समेत व्यक्त गरे ।
संचालनको सम्पूर्ण तयारी पूरा भइसकेपनि कर्मचारी र बजेट अभावमा रेल थन्किएको छ । २०७७ असोज २ गते नेपाल भित्रिएको रेल हाल धनुषाको इनर्वास्थित स्टेशनमा थन्किएका हुन् । रामजानकी विवाहपंचमी महोत्सवको अगावै रेल संचालन गराउन लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) नेपालका कार्यकर्ताहरुले प्रदर्शन समेत गरेको थियो । रेल संचालन हुन नसक्दा पूर्व धनुषा, सिरहासहित छिमेकी राष्ट्र भारतको सीमावर्ती क्षेत्रका बासिन्दालाई जनकपुर आवतजावतमा समस्या हुँदै आएको छ ।
रेल्वे निर्माण कम्पनीले रेल नेपाललाई हस्तान्तरण गरिसकेपनि संचालनमा पहल नहुँदा ती क्षेत्रका हजारौ बासिन्दा मारमा परेका हुन् भने व्यापारिक कारोबार समेत प्रभावित हुँदै आएको छ । रेल संचालन हुँदा मालसामान ढुवानीमा खर्च कम लाग्ने अनुमान गरिएको छ ।
पहिलो चरणमा सञ्चालन हुने भारतको जयनगरदेखि जनकपुरको कुर्थासम्मको ३५ किलोमिटरमा लिकमा रेल सञ्चालन गर्ने सम्पूर्ण संरचना तयारी अवस्थामा छ । दोश्रो चरणमा सञ्चालन हुने भनिएको जनकपुरको कुर्थादेखि महोत्तरीको भंगहासम्म १७ किलोमिटरसम्म रेल सञ्चालनको लागि संरचना निर्माण कार्य पनि द्रुत गतिमा अघि बढेको छ ।
भारतको रेल्वे निर्मााण कम्पनी कोंकणले २०१९ जनवरीमै जयनगर–कुर्था रेल सञ्चालनको लागि प्रस्ताव गरेको थियो । तर नेपाल सरकारले आपैm रेल खरिद गर्ने प्रक्रिया अघि बढाएको थियो ।
जयनगरदेखि बर्दिबाससम्म ६९ किमी रेलमार्गमा आठ स्टेशन र छ हल्ट गरी १४ विश्रामस्थल तोकिएको छ । साइट कार्यालय जनकपुरका अनुसार जयनगर, खजुरी, इनरुवा, खजुरी, वैदेही, कुर्था, महोत्तरीको खुट्टापिपराडी र बर्दिबास गरी आठ स्टेशन छन् । महिनाथपुर, देउरी परवाहा, जनकपुर, महोत्तरीको लोहारपट्टी, सिंग्याही र रामनगर गरी ६ स्थानमा हल्ट छन् ।
स्टेशनमा बढी र हल्टमा थोरै समयका लागि रेल रोकिने छ । हल्टमा थोरै समयका लागि गाडी रेल रोकिने भएकाले सिंगल लाइनको लिक रहने छ । जयनगरमा चार लाइन, इनर्वामा पाँच लाइन, खजुरीमा तीन लाइन, कुर्थामा पाँच लाइन, वैदहीमा तीन लाइन र जनकपुरमा एक लाइन रह्ने छ ।
बेलायत सरकारले तत्कालीन सरकार युद्ध शम्शेरको पालामा वि. स. १९९४ मा जयनगरदेखि महोत्तरीको विजलपुरासम्म संचालन गरेको थियो ।
२०५९ सालमा आएको भिषण बाढीले महोत्तरी जिल्लाको रातो नदीको २ सय मिटर लामो पुल भत्काएपछि रेलवे सेवा जनकपुरदेखि जयनगरसम्म खुम्चिएको थियो ।
प्रतिक्रिया दिनुहोस्