मधेश प्रदेश, चैत्र २८ । नेकपा एमालेको मधेश प्रदेश कमिटीमा सर्लाहीका लोकप्रिय युवा नेता चन्द्र भुषण साह सर्वसहमत रुपमा मनोनीत भएका छन् ।
सर्लाही जिल्लाको ईश्वरपुर निवासी नेता साह स्थानीय जनताका बीच निकै चर्चित र लोकप्रिय नेताका रुपमा चिनिन्छन् । उनको बौद्धिक क्षमता र कार्य कुशलताबाट प्रभावित भएर आफ्नो पार्टी संगसगैं अन्य फरक पार्टीका सीनियर नेताहरुले समेत उनको खुलेरै प्रशंसा गर्ने गरेको पाईन्छ ।
यसबारे साहले भने, समाजमा सकरात्मक बदलाव संगसगैं आमजनताको सम्पूर्ण हक-अधिकारको प्राप्ति, रक्षा एवं विकास मार्फत देशमा सुशासन, विकास र समुन्नतिको तपाई-हाम्रो अधुरा सपना एवं संकल्पहरुलाई पुरा गर्ने महान लक्ष्य (मिसन) बोकेर म सक्रिय राजनीतिमा आएको हुँ । त्यसैले, मप्रति सबै पक्षको सदैव सद्भाव – सहानुभूति एवं साथ – सहयोग रहनु स्वभाविक हो ।
सक्रिय युवा विद्यार्थी आन्दोलनबाट राजनीतिमा प्रवेश गरेका साहको दशक भन्दा लामो अनवरत राजनीतिक यात्रा भने निकै नै रोचक र सफल रहेको देखिन्छ । यसअघि उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको प्रधानमन्त्रीत्व कार्यकालमा तत्कालीन सहरी विकास मन्त्रीको राजनीतिक सल्लाहकारको रुपमा ऐतिहासिक भूमिका निर्वाह गरि सकेका छन् । आईटी आर्मीको केन्द्रीय अध्यक्ष समेत रहेका साहले मधेश प्रदेश संगसगैं सिङ्गो राष्ट्रिय राजनीतिमा पनि आफ्नो एउटा अलग र राम्रो छवि बनाएका छन् ।
हिजो साँझ प्रदेश राजधानी जनकपुरधाममा बसेको मधेश प्रदेश कार्यालयको बैठकले साहलाई प्रदेश कमिटी सदस्य पदमा सर्वसहमत रुपमा मनोनीत गरेको हो ।
प्रतिक्रिया दिनुहोस्