आमिन राईन
जनकपुरधाम, चैत २९ । धनुषा निर्वाचन क्षेत्र नं. ३मा केही महिना यता विभिन्न पार्टी परित्याग गरि जनता समाजवादी पार्टीमा प्रवेश गर्नेहरुको ओइरो नै लागेको छ ।
आज मात्रै लोसपा बाट निर्वाचित जनकपुरधाम उपमहानगरपालिका वडानंं ६का निर्वाचित वडा अध्यक्ष जगरनाथ साहको नेतृत्वमा दर्जनौ नेता कार्यकर्ता जसपामा प्रवेश गरेका हुन ।
जनकपुरधाम स्थित वेलकम होटलको सभाकक्षमा आयोजित पार्टी प्रवेश कार्यक्रममा जसपाका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवको हाथबाट टिका लगाइ जसपा प्रवेश गरेका हुन ।
नव प्रवेशीहरुमा वडा नं. ६ कै निर्वाचित सदस्य हसिना खातुन , लोसपा नेता नुरुल कवारी, शहीद नगर नपामा तत्कालिन राजपाबाट उपमेयरका प्रत्यासी लक्ष्मी महतो, रंजित ठाकुर, कविता राम, पुजा राम, उपेन्द्र पासवान , जनकपुर ७का योगेन्द्र चौधरी सहितका रहेका छन ।
प्रतिक्रिया दिनुहोस्