जनकपुरधाम, बैशाख ४ गते । जनता समाजवादी पार्टी नेपालबाट धनुषाको धनौजी गाउँपालिकाको अध्यक्ष पदको उम्मेदवारमा शुभनारायण यादवलाई सर्वसहमतिले चयन गरेको हो ।
आउदो स्थानीय तहको बैशाख ३० मा हुने लागेको निर्वाचनमा जनता समाजवादी पार्टी नेपाल धनौजी गाउँपालिकाका तर्फ अध्यक्ष पदको उम्मेदवार शुभनारायण यादवलाई सर्वसहमतिले चयन गरेका छन् ।
सो स्थानीय तह निर्वाचनमा उम्मेदवार छनौट सम्बन्धि बैठकमा जसपा नेपाल मधेस प्रदेश समिति सदस्य चन्देश्वर महतो, नेपाल बौद्धिक पेशाकर्मी महासंघका केन्द्रिय उपाध्यक्ष जितेन्द्र यादव र मनमाया मोक्तान लगायत स्थानीय पालिका अध्यक्ष रामनाथ ठाकुर समेतको उपस्थितिमा छनौट गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस्