जनकपुरधाम , बैशाख ५ । जनकपुर जेसिजका पुर्ब अध्यक्ष तुलसी पजियार जनता समाजवादी पार्टी नेपालमा प्रबेश गरेका छन ।
युवा नेतृत्व बिकासको मुल मन्त्र सहित सकृय अन्तरास्ट्रिय संस्थाको शाखाको रुपमा रहेको जनकपुर जेसिज २०१९ को अध्यक्षको जिम्मेवारी पूरा गरि सकेका पजियार मुलराजनीतिमा युवाको भुमिका स्थापित गराउने उदेश्यका साथ जसपा प्रबेश गरेका हुन ।
जनकपुरधाममा आज आयोजित एक कार्यक्रमका बिच जसपाका केन्द्रिय सदस्य एवं जनकपुरधाम उपमहानगरका प्रमुख लालकिशोर साह सहितका नेताहरूले पजियार सहित २ दर्जनभन्दा बढी युवा हरुलाई पार्टीमा स्वागत गरेका छन ।
जसपा नगर अध्यक्ष बिष्णुदेव साहको अध्यक्षतामा भएको उक्त कार्यक्रममा केन्द्रीय सदस्य उर्मिला महतो , क्षेत्र नं. ३ का नेता जितेन्द्र यादव, संघिय परिषद सद्स्य नवीन यादव, रंजित चौधरी , प्रदेश सदस्य ममता पाठक सहितका नेताहरुको उपस्थिति रहेको थियो ।
























