आमिन राईन / जनकपुरधाम, बैशाख ६ । लोकतान्त्रिक समाजवादी पार्टी निकट महिला नेतृ रिंकु देवि ठाकुर जनता समाजवादी पार्टीमा प्रवेस गरेका छन।
जनकपुरधाममा आज आयोजित कार्यक्रममा जसपाका नेताहरुले धनौजी गापा वडा नं. १ लखौरि निवासी नेत्री ठाकुरलाई जसपामा स्वागत गरेका छन ।
धनौजी गापा वडा नं. ५ निर्वाचित वडा अध्यक्ष पंकज मण्ड्लको अध्यक्षता एवं बौद्धिक नेता युगलकान्त चौधरीको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रम मा केन्द्रिय सदस्य बेचन मुखिया, क्षेत्र नं. ३ का नेता जितेन्द्र यादव , संघिय परिषद सदस्य नवीन यादव सहितका नेता हरुको उपस्थिती रहेको थियो ।
जसपा नेपालले धनौजी गाउपालिकाको अध्यक्षमा शुभनारायण यादवको उम्मेदवारी घोषणा गरि सकेको अवस्थामा नेत्री ठाकुरको पार्टी प्रवेशलाई अर्थपुर्ण रुपमा हेरिएको छ ।
























