जनकपुरधाम, वैशाख १२ गते। जनता समाजवादी पार्टी नेपालका समाजवादी नेता प्रदेश सांसद रामअशिष यादवको विशेष उपस्थितिमा औरही गाउँ पालिकामा जसपा का उम्मेदवारहरुले मनोनयन पत्र दर्ता गराएका छन्।
जसपा नेपाल को तर्फबाट औरही गाउँ पालिकाको अध्यक्ष पदमा कमलदेव मंडल सहित उपाध्यक्ष,र वार्ड नं १ देखि वार्ड नं ६ सम्म वार्ड अध्यक्ष र वार्ड सदस्य सहित सबै पदमा उम्मेदवारी दर्ता गराएका छन्।
मनोनयन दर्ता गराउने क्रममा मतदाताहरुको उत्साहजनक सहभागिता रहेका छन्।
























