जनकपुरधाम जेष्ठ ५ गते। जनता समाजवादी पार्टी नेपालका समाजवादी नेता प्रदेश सांसद रामअशिष यादवले स्थानीय निकायमा निर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान गरेका छन्।
प्रदेश सांसद यादवले धनुषा, औरही गाउँ पालिका का वार्ड नं ५ का वार्ड अध्यक्ष पदमा निर्वाचित युवा अभियन्ता सरोज कुमार मंडल र वार्ड नं ६ का वार्ड अध्यक्ष पदमा निर्वाचित जसपा का युवा नेता शंकर प्रसाद साह सहित का स्थानीय निकायको सदस्य जनप्रतिनिधिहरुलाई फुलमाला माला गमछा लगाई सम्मान गरेका छन्।
सो अवसरमा जसपा का जिल्ला उपाध्यक्ष अम्भु प्रसाद साह र औरही गाउँ पालिका का नगर अध्यक्ष, पालिका अध्यक्ष का प्रत्यासी कमलदेव मंडल, युवा नेता जबाहर यादव को उपस्थित रहेका छन्।
























