• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

नगरप्रमुख चढ्ने गाडी अब ‘एम्बुलेन्स’

२०७९ जेष्ठ १३, शुक्रबार १८:३६
नगरप्रमुख चढ्ने गाडी अब ‘एम्बुलेन्स’

महोत्तरी । यहाँको बर्दिबास नगरपालिकामा अब नगरप्रमुखले प्रयोग गर्दै आएका सरकारी गाडी बिरामी बोक्ने ‘एबुलेन्स’ बन्ने भएको छ । नवनिर्वाचित नगरप्रमुख प्रल्हादकुमार क्षेत्रीले बिहीबार पदभार ग्रहण गर्दै नगरपालिकाको सरकारी गाडी आफ्नो सवारीमा प्रयोग नगर्ने जानकारी दिनुभयो ।
“यसअघि नगरप्रमुखले प्रयोग गर्दै आएको सरकारी गाडी अब विपन्न वर्गका असाहय, बिरामीलाई अस्पताल पुर्याउन प्रयोग गरिने छ”, उहाँले भन्नुभयो । आफूले निजी सवारी नै प्रयोग गर्ने नगर प्रमुख क्षेत्रीको भनाइ छ । यस्तो सेवा पाउने बिरामी वडा समितिबाट विपन्न वा असहाय भएको सिफारिस भने भएको हुनपर्ने नगरपालिकाले जनाएको छ ।

सम्पन्न स्थानीय तह निर्वाचनमा स्वतन्त्र समूह नै बनाएर प्रतिस्पर्धामा ओर्लनुभएका क्षेत्रीकै समूहबाट उपप्रमुख तारादेवी महतो र वडा नं १, ७, १३ र १४ मा वडाध्यक्षसमेत निर्वाचित भएका छन् । वडा नं १ बाट त अध्यक्ष तथा सदस्यसहित पाँचै स्वतन्त्र समूहका निर्वाचित भएका छन् ।
नवनिर्वाचित प्रमुख क्षेत्रीले बर्दिबास अस्पतालको सेवालाई बढाउँदै प्रसूति सेवा प्रभावकारी बनाउने, गर्भवतीको नियमित स्वास्थ्य जाँच गराउने र अस्पतालमा सुत्केरी गराइँदा सरकारले दिँदै आएको यातायात खर्चमा थप रु एक हजार बढाएर उपलब्ध गराउने घोषणा पनि गर्नुभएको छ । सरकारले हिमाली, पहाडी र तराई जिल्लामा बसोबास गर्ने महिलाका लागि अस्पतालमा सुत्केरी गराइँदा क्रमशः रु तीन हजार, दुई हजार र एक हजार यातायात खर्च उपलब्ध गराउँदै आएको छ ।

जिल्लामा नवनिर्वाचित नगरप्रमुख र गाउँपालिका अध्यक्षहरूले पदबहालीका क्रममा जनताका लागि सुविधा बढाउने घोषणाको लहर नै चलेको छ । यसै क्रममा मटिहानी नगरप्रमुख हरिप्रसाद मण्डलले आफ्नो दोस्रो कार्यकालको पदबहाली गर्दै आगलागी नियन्त्रण प्रयोजनका लागि दमकल किन्ने र छोरी शिक्षालाई थप प्रभावकारी बनाउन नगर क्षेत्रका विद्यालयमा अध्ययनरत ११ कक्षाका सबै छात्रालाई साइकल उपलब्ध गराउने घोषणा गर्नुभयो ।

“मधेसमा गर्मीयाममा आगलागीका घटना बाक्लै हुँदै आएका छन्, जिल्लामा जलेश्वर नगरपालिकासँग मात्र दमकल छ, तसर्थ जिल्लाभरि नै सेवा दिन सकिने गरी दमकल किन्ने निर्णय गरेका छौँ”, नगरप्रमुख मण्डलको भनाइ छ । यसैगरी उच्च शिक्षामा छोरीको पहुँच बढाउन ११ कक्षाका छात्रालाई साइकल दिइने उहाँले बताउनुभयो । यसअघि मटिहानीका कक्षा ८ देखि १० सम्मका छात्राले मधेस प्रदेश सरकारको ‘बेटी बचाउ, बेटी पढाउ’ कार्यक्रमअन्तर्गत साइकल प्राप्त गरिसकेका छन् ।

जिल्लाभरि नै नवनिर्वाचित जनप्रतिनिधिले जनताका लागि जनाउँदै सुविधा घोषणा गरिनु सकारात्मक पक्ष भए पनि यस्तो घोषणापूर्व जनअपेक्षा, स्थानीय तहको आर्थिक सामथ्र्य र घोषणा गरिने विषयको प्रभावकारिताबारे गहन अध्ययन गरिन आवश्यक रहेको बुद्धिजीवीले औँल्याएका छन् । “जनताका लागि सुविधा बढाउन भएका घोषणा सकारात्मक नै होलान्, तर जनताले तत्काल चाहेका चाहिँ के हो ? अपेक्षा सङ्कलन गरेको भए बेस हुन्थ्यो”, भङ्गाहा–३ का बासिन्दा समाजशास्त्री शिवराज दाहाल भन्नुहुन्छ, “स्थानीय तहले यस्ता घोषणा गर्नुअघि आर्थिक स्रोत बढाउन योजना बनाउनतिर ध्यान दिन भने जरुरी छ ।”

सम्बन्धित खवर

सभामुखसंग प्राधानाध्यापकहरुको अन्तक्रिया
प्रदेश विशेष

सभामुखसंग प्राधानाध्यापकहरुको अन्तक्रिया

56 years पहिले
डेपुटी गभर्नरमा पण्डित नियुक्त
प्रदेश विशेष

डेपुटी गभर्नरमा पण्डित नियुक्त

56 years पहिले
पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ
प्रदेश विशेष

पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

56 years पहिले
मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए
प्रदेश विशेष

मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए

56 years पहिले
पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ
प्रदेश विशेष

पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ

56 years पहिले
गृहमन्त्री सुदन गुरुङद्वारा तीन अध्यादेश पेस
प्रदेश विशेष

गृहमन्त्री सुदन गुरुङद्वारा तीन अध्यादेश पेस

56 years पहिले

ताजा समाचार

सभामुखसंग प्राधानाध्यापकहरुको अन्तक्रिया

सभामुखसंग प्राधानाध्यापकहरुको अन्तक्रिया

56 years पहिले
डेपुटी गभर्नरमा पण्डित नियुक्त

डेपुटी गभर्नरमा पण्डित नियुक्त

56 years पहिले
पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

56 years पहिले
मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए

मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए

56 years पहिले
पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ

पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ

56 years पहिले


अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

 

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि

© 2020 The Pradesh Times || Design By: Pro-Tech