• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

बाबु–छोराको हत्या दाइजो र पारिवारिक झगडा

२०७९ जेष्ठ १७, मंगलवार २२:५३
बाबु–छोराको हत्या दाइजो र पारिवारिक झगडा

सिरहा। सिरहाको अर्नामा गाउँपालिका–१ महनौरका सन्तकुमार पालको ११ जेठका लागि विवाह तय भएको थियो । तर १९ वर्षीय सन्तकुमार र उनका बुवा चन्द्रदेव पालको ८ जेठको राति उनीहरु सुतिरहेकै ठाउँमा हत्या भयो ।

गोठभित्रको खाटमा सुतिरहेको अवस्थामा धारिलो हतियार प्रहारबाट उनीहरुको हत्या भएको थियो । उनीहरुको हत्यामा सोही विवाह, दाइजो र पारिवारिक झगडा जोडिएको प्रहरीले जनाएको छ ।प्रहरीले बाबु छोराको हत्यामा संलग्नको आरोपमा तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोलबजार नगरपालिका–४ का ६५ बर्षीय बेचु पाल, अर्नामा गाउँपालिका–४ कि २६ बर्षीया शान्तिदेवी पाल र अर्नामा गाउँपालिका–१ महनौरका ४८ बर्षीय जनिफ मियाँ छन् । पक्राउ परेकी शान्तिदेवी मृतक चन्द्रदेवकै बुहारी हुन् । प्रहरीले उनीहरुविरुद्ध कर्तव्य ज्यान मुद्दामा अनुसन्धान गरिरहेको छ ।आफूले भन्दा कम दाइजो लिएर विवाह गर्न लागेको रिसइबीमा हत्या गरेको देखिएको प्रहरीको भनाइ छ ।
विवाहमा सन्तकुमारलाई केटी पक्षले दाइजोस्वरुप १ लाख रुपैयाँ नगद, एउटा मोटरसाइकल र ८ आना सुन दिने सहमति भएको पाइएको सिरहाका प्रहरी प्रवक्ता डीएसपी सुवास बुढाथोकीले बताए ।

तर सन्तकुमारको विवाह पक्का भएको युवतीसँग गोलबजार बस्ने बेचु पालका छोरा प्रदीको विवाहको कुरा चलेको थियो । त्यतिबेला केटी पक्षले विराटनगरमा घडेरी दिने, घर बनाइदिने र कुनै व्यवसाय सुरु गर्न लगानी गरिदिने प्रस्ताव गरेको देखिएको प्रहरीको भनाइ छ ।तर प्रदीपले विवाह गर्न तयार भएनन् । ‘प्रदीप तयार नभए पनि उनका बुवा बेचुले ठूलो मात्राको दाइजोको लोभमा उनै युवतीसँग विवाह गर्न दबाव दिइरहे’ डीएसपी बुढाथोकीले भने, ‘प्रदीप दबावका बीच पनि विवाह गर्न तयार नभएपछि सन्तकुमारको विहेको कुरा मिलेको थियो । बेचुले त्यही रिसइबी लिएको देखिन्छ ।’हत्या आरोपमा पक्राउ परेकी शान्तिदेवी मृतक चन्द्रदेव पालकी बुहारी र सन्तकुमारकी भाउजु हुन् ।चन्द्रदेवकी साइली बुहारी शान्तिदेवी गोलबजारमा कोठा भाडामा लिएर बस्दै आएकी थिइन् । उनका श्रीमान् वैदेशिक रोजगारीमा रहेको र सासु ससुरासँग सम्बन्ध राम्रो नभएको प्रहरीको भनाइ छ ।११ जेठमा हुन लागेको सन्तको विवाहमा पनि सासु ससुराले उनलाई बोलाएका थिएनन् । ‘तिमी बिहेमा आयौ भने छिमेकीहरु आउँदैनन् त्यसैले तिमी बिहेमा नआउनु बच्चाहरुलाई मात्र पठाउनू भनेर सासु ससुराले भनेका रहेछन्’ डीएसपी बूढाथोकीले भने, ‘सासु ससुराले बुहारीलाई अंश समेत नदिने, खर्च पनि नदिने र माइतीबाट ल्याएको चाँदीको गरगहना समेत नदिएकोले शान्ति देवी पाललाई रिसइबी बढेको देखिन्छ ।’हत्याको संलग्नतामा पक्राउ परेका जनिफ मिया शान्तिदेवीको चिनजानका व्यक्ति हुन् । जेठ पहिलो साता गोलबजारमा शान्तिदेवी, जनिफ र बेचुबीच भेट भएको प्रहरीको भनाइ छ । डीएसपी बुढाथोकीका अनुसार त्यही भेटमा चन्द्रदेवको हत्याको योजना बनेको थियो ।यो योजनामा आफ्नो रिसइबी साँध्न बेचु पाल पनि तयार देखिए । ‘शान्तिदेवीले काम गरेर आउनुस्, पैसा दिन्छौं भनेपछि बेचु यसका निम्ति तयार देखिए’ बुढाथोकीले भने ।

सम्बन्धित खवर

विपद् व्यवस्थापन ऐन २०७५ को प्रभावकारिताबारे सरोकारवालासँग छलफल
प्रदेश विशेष

विपद् व्यवस्थापन ऐन २०७५ को प्रभावकारिताबारे सरोकारवालासँग छलफल

57 years पहिले
रसुवाका बाढी पीडितलाई झिटकहिया मुस्लिम समुदायद्वारा आर्थिक सहयोग
प्रदेश विशेष

रसुवाका बाढी पीडितलाई झिटकहिया मुस्लिम समुदायद्वारा आर्थिक सहयोग

57 years पहिले
प्रदेश विशेष

भोटेकोशी बाढी : ज्यान गुमाउनेको संख्या ५७९ पुग्यो, १ हजार ९२४ जना सम्पर्कविहीन

57 years पहिले
विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह
प्रदेश विशेष

विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह

57 years पहिले
मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी
प्रदेश विशेष

मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी

57 years पहिले
बाबुराम भट्टराईलाई सामाजिक सञ्जालबाट घर जलाउने धम्की, कारबाही गर्न माग
प्रदेश विशेष

बाबुराम भट्टराईलाई सामाजिक सञ्जालबाट घर जलाउने धम्की, कारबाही गर्न माग

57 years पहिले

ताजा समाचार

विपद् व्यवस्थापन ऐन २०७५ को प्रभावकारिताबारे सरोकारवालासँग छलफल

विपद् व्यवस्थापन ऐन २०७५ को प्रभावकारिताबारे सरोकारवालासँग छलफल

57 years पहिले
रसुवाका बाढी पीडितलाई झिटकहिया मुस्लिम समुदायद्वारा आर्थिक सहयोग

रसुवाका बाढी पीडितलाई झिटकहिया मुस्लिम समुदायद्वारा आर्थिक सहयोग

57 years पहिले

भोटेकोशी बाढी : ज्यान गुमाउनेको संख्या ५७९ पुग्यो, १ हजार ९२४ जना सम्पर्कविहीन

57 years पहिले
विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह

विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह

57 years पहिले
मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी

मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी

57 years पहिले


अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

 

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि

© 2020 The Pradesh Times || Design By: Pro-Tech