आमिन राईन
जनकपुरधाम, जेठ १८ गते। धनुषाको औरही गाउपालिका वडा नम्बर ६ मा जनता समाजवादी पार्टी नेपालबाट नव निर्वाचित वडा अध्यक्ष शंकर प्रसाद साहले बुधबार एक कार्यक्रम आयोजना गरी पदभार ग्रहण गरिएको छ।
धनुषा निर्वाचन क्षेत्र नं २ औरही गाउँ पालिका वार्ड नं ६ का नवनिर्वाचित वडा अध्यक्ष शंकर प्रसाद साहको पदभार ग्रहण र स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रदेश सांसद रामअशिष यादवले जर्जर अवस्थामा रहेको सामुदायिक विद्यालयको शिक्षा सुधारका लागि जनप्रतिनिधिहरुले पहिलो प्राथमिकता मा राखेर शिक्षा सुधार गर्नुपर्ने कुरा मा जोड दिनुभयो।
सो अवसरमा बोल्दै नवनिर्वाचित वडा अध्यक्ष शंकर प्रसाद साहले शिक्षा सुधार, कृषि फाटक निर्माण,फुस घर भएका दलित विपन्न वर्गका लागि क्रमशः जस्तापाता को छाना सहित योजनाहरु शिघ्र संचालन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
औरही गाउँ पालिका वार्ड नं ६ का सचिव अरविन्द यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा औरही गाउँ पालिका का अध्यक्ष उमाशंकर प्रसाद साह, जसपा जिल्ला अध्यक्ष पशुपति यादव उपाध्यक्ष अम्भु प्रसाद, नगर अध्यक्ष कमलदेव मंडल, पालिका का नवनिर्वाचित उपाध्यक्ष पुनम साह, वार्ड नं ५ का नवनिर्वाचित वडा अध्यक्ष सरोज कुमार मंडल, वार्ड नं ६ का वडा अध्यक्ष शंकर प्रसाद साह, प्रमुख प्रशासकीय अधिकृत अशोक कुमार यादब, पुर्व वार्ड अध्यक्ष दिलिप साह, प्रहरी नायब निरीक्षक रामलाल यादव सहितका वक्ताहरुले शुभकामना व्यक्त गरेका छन्।
सो अवसरमा स्थानीयवासीहरुको उल्लेखनीय सहभागिता रहेका छन्।











