जनकपुरधाम, जेष्ठ १९ गते। गएराती धनुषाको ओम पशु सेवा केन्द्र संस्थामा आगजनी करिब ६५ लाख बराबरको क्षति भएको छ।
प्रदेश सांसद रामअशिष यादवले आगलागि बाट ठुलो क्षति भएको अोम पशु सेवा केन्द्र मनहरपुरको स्थलगत निरीक्षण गरेका छ्न। सांसद यादवको प्रयासमा घाइते पशुहरूको उध्दार समेत गरेका छ्न।
जनकपुरधाम उपमहानगरपालिका वडा नं १७ स्थित मनहरपुर गाउँमा रहेको पसु सेवा केन्द्र गाई फार्ममा गएराति अपरिचित व्यक्तिले लगाएको अागजनी बाट एक गाईको मृत्यु भएको छ भन्ने १४ वटा गाई आगो पोलेर घाइते भएका छन्।
यसै गरी गाई फार्म संगै रहेको हांस फार्म रहेको २ सय हांसको पनि अागो जलेर मृत्यु भएको छ। त्यसैगरी त्याहा रहेका अन्य धेरै प्रकारका सरसामान जलेर नष्ट भएका छ्न।
गाई माता लाई बचाउन प्रयास गर्ने क्रममा पशुपालक विजय कुमार यादब घाइते भएका छन्। पशुपालक यादव को उपचार प्रादेशिक अस्पताल जनकपुरधाममा भैरहेको छ।
प्रदेश सांसद यादवले पशु पन्छी तथा मत्स्य विकास निर्देशनालय का निर्देशक डा जागेश्वर यादव, पशु अस्पताल का चिकित्सक र जनकपुरधाम उधोग वाणिज्य संघ का उपाध्यक्ष अम्भु प्रसाद साह को साथ मा घटना स्थलमा पुगि घाइते पशुहरूको उध्दार गरेको कुरा अोम पशु सेवा केन्द्र गाई फार्म मनहरपुर का संचालक विजय कुमार यादब ले जानकारी दिए का छन्।
घटना स्थलमा प्रहरी नायब उपरीक्षक जितेन्द्र बस्नेत पुगि आगजनी को घटना विषयमा अनुसन्धान गरिरहेका छन्।
























