जनकपुरधाम, २१ जेठ। धनुषाको कमला नगरपालिकामा सर्वसाधारण जनता अति आवश्यक औषधीहरु समेत पाउनबाट बञ्चित छन् । स्वास्थ्य केन्द्रहरुमा सेवा लिन जाने सेवाग्राहीलाई औषधी छैन भन्दै खाली हात फिर्ता पठाईन्छ। तर, नेपाल सरकार स्वास्थ्य संस्था द्वारा निःशुल्क वितरण गर्नका लागी दिईएका औषधीहरु म्याद सकिन्छ तर सर्वसाधारण जनतालाई उपलब्ध हुदैन भने सुन्दा अचम्म लाग्ला । यहाँ अचम्म मान्नुपर्ने अवस्था छैन । कमला नगरपालिका माची झिटकैयास्थित स्वास्थ्य शाखा कार्यालयमा यस्तै दृष्य देखियो ।
शुक्रबार राति करिब एक बजे तिर ठूलो खाल्टो खनेर सबै औषधिहरर बितरण नै नगरि म्याद गुजारि नष्ट गरेको छ। तिन थान व्हीलचेयर, केवीफिक्स कम्पनीका केनुला, सिनोजोनि ड्रप, पियून्सी ट्याब्लेट्स, जीवनजल, फाइव डि डेक्सट्रोस ईन्जेक्सन लगायतका औषधीहरु खाल्टोमा नष्ट भएका छ। गर्भवति महिला र बालबालिकाका लागी आएका आरयुटीएफ पीठो सहित पोष्टिक आहार तथा केहि म्याद ग्रुजेका औषधीहरुसमेत खाल्टो मुनि छ । स्वास्थ्य संयोजक सतनरायण ठाकुर र विगतका मेयर गोइत कति गैरजिम्मेवार छन् भने कुरा पछिल्लो क्रियाकलापले पुष्टि गरेको छ ।
विगतका निमित प्रशासकीय अधिकृत विरेन्द्र कुमार सढान र पूर्व मेयर रामउदगार गोइतको मिलेमतोमा करिब ११ लाखको लागतमा किनिएका सेनेटरी प्याड र लाखौं लाखको औषधीहरु थन्काएर राखेको कारणले गर्दा सबैको म्याद सकिएको छ।
नेपाली कांग्रेसबाट स्थानीय चुनाव २०७४ सालमा निर्वाचित भएका पूर्व मेयर रामउदगार गोइतले जानि-जानी लाखौ लाखका औषधीहरु वितरण नगरेको स्थानीयहरु आरोप लगाएका छन्। उनले आफ्नो कार्यकालमा विधार्थीहरु लागि खरिद गरेका करिब एघार लाख रुपैयाँ सेनेटरी प्याड वितरणनै गरेन सबै म्याद नाघेका छ।
सोही पार्टीबाट यसपटक पनि मेयर र उपमेयरमा निर्वाचित भएकोले बिगत जस्तै अनियमितता होलाकि भने बिषयमा जनताको अशंका छन्।
विगतका निमित प्रशासकीय अधिकृत विरेन्द्र कुमार सढान ( स्वस्थ्य प्रमुख)ले पनि उतिकै गैरजिम्मेवारी देखिन्छ। विशेष आवश्यक पर्ने औषधीहरु समेत उपलब्ध नगराई सबै म्याद गुज्रेको र करौडौं नोक्सानीको कारण सढान नैहुन।
























