मकवानपुर – मकवानपुरको बागमती गाउँपालिकामा विद्युतीय पोल ढल्दा गाउँभरको बिजुली अवरुद्ध भएको छ । हिजो दिउँसो र रातको झरी र हावाहुरीको कारण बागमती गाउँपालिका वडा नम्बर ८ धमिनथान देखि वडा नम्बर ७ पाथिभारासम्मको ११ वटा विजुलिको सिमेन्टका पोल ढलेको थियो ।
पोल ढलेपछि गाउँपालिकाको वडा नम्बर ८ फारवारी बाहेकको सबै क्षेत्रमा बिद्युतीय सेवा अवरुद्ध भएको छ । ‘गए रातिबाटै बत्ति छैन, मोबाईल चार्ज गर्न नपाएपछि सन्चार सेवा समेत अवरुद्ध भएको छ,’ फापरबारीबाट नारन दाहालले भने ।
ढलेका पोल पुननिर्माण गर्न करिब ३ दिन लाग्ने जानकारी प्राप्त भएको बागमती गाउँपालिकाको सूचना केन्द्रले जनाएको छ ।
























