जनकपुरधाम, जेठ 30 । धनुषा को औरही गापामा नेकपा एमाले बाट निर्बाचित गापा अध्यक्ष उमा शंकर साहको निर्बाचित भएको एक महिना नबित्दै आफ्नो चर्तीकला देखाएका छन ।
औरहिको परवाहा बिद्यालयमा आयोजित नवनिर्वाचित जनप्रतिनिधि हरुको स्वागत कार्यक्रममै नवनिर्वाचित अध्यक्ष साहले शिक्षिका माथी दुर्व्यवहार गरेका छन ।
कार्यक्रममा महिलाले पनि बोल्न पाउनु पर्ने मांग राखेकी शिक्षिका प्रतिभा झाले संबिधानले प्रदत गरेको ३३ प्रतिशत अधिकार सुनिश्चित हुनुपर्ने माँग गरे लगत्तै अध्यक्ष साहले तँ बस भन्दै माईक खोसी दुर्व्यवहार गरेको शिक्षिका झाले आरोप लगाएकी छिन ।
अध्यक्ष साहले माईक खोस्दै गरेको भिडिओ समेत सार्बजनिक भए पछि शिक्षिका झाले आजै दुर्व्यवहार को मुद्दा दर्ता गराउन लागेको जनाएकी छिन ।
























