जनकपुरधाम । प्रदेश सांसद तथा प्रमुख सचेतक माननिय शैलेन्द्र कुमार यादवले कमला नगरपालिका- ९ सुन्दरपुरमा जनता को भावना र माग अनुसार सामुदायिक भवनको शिलान्यास गरेका छन् l
मुख्य सचेतक यादवले विकासको काममा कुनै किसिमको बाधा अवरोध हुनु हुँदैन हामी सबै मिलेर एकढिक्का भएर विकासको काममा लाग्नु पर्ने बताउनु भयो।
शिलान्यास कार्यक्रममा सहभागी गाउँलेहरुले एकस्वरमा माननिय शैलेन्द्र कुमार यादव विकास प्रेमी रहेको र जनचाहना अनुरूप काम गरेको भन्दै उनको प्रशंसा गरेका छन् l
कार्यक्रममा जनता समाजवादी पार्टी नेपाल राजनीतिक समिति सदस्य अरुण सिंह मण्डल, जनता समाजवादी पार्टी नेपाल हंसपुर नगर अध्यक्ष रामनारायण कापडि, नेता राजदेव महरान, सभ्य कुमार यादव, निर्वाचित वडा अध्यक्ष रन्विर सिंह मण्डल, निवर्तमान वडा अध्यक्ष, युवा, महिला लगायत गाउँलेहरुको व्यापक उपस्थिति रहेका थिए।
























