शनिबार धनुषाको बिदेह नगरपालिकाको तीनकोरियास्थित उमाशंकर अरगरियालगायतका नेतालाई पार्टीमा प्रवेश गराउन जाने बेलामा कालो झण्डा देखाउने जसपा पार्टीका युवा नेताहरुलाई नियन्त्रणमा लिइएका छ्न
केपी ओलीलाई कालो झण्डा देखाउने जनता समाजवादी पार्टी (जसपा) का १२ जना कार्यकतालार्ई पक्राउ गरिएको छ । शनिबार उनलाई जनकपुरको विमानस्थलबाट निस्कने बित्तिकै कालोझण्डा देखाइएको थियो ।
नागरिकता विधेयकमा ओलीले असन्तुष्टि जनाएको भन्दै कालो झण्डा देखाउने युवालाईहरुलाई पक्राउ गरिएको राइनले जनाएको छ ।
























