महेश सिंह सिरहा लहान १५ असोज -नेपाल सरकारबाट मान्यता प्राप्त मधेस प्रदेशमा पहिलो पल्ट मिर्चैयामा एबी.आर.सेकेरुटी सर्भिस संचालनमा आएको छ्।
बेरोजगार युवाहरूलाई स्वदेशमै रोजगारी दिने उदेश्यले मिर्चैया नगरपालिका वाडा नम्बर १० स्थित एबी.आर.सेकेरुटी सर्भिस संचालनमा आएको छ्।
हजारौं युवाहरूलाई रोजगारीको चुनौती दिदै उक्त संस्थाको स्थापना गरेको हो।
संस्थाका प्रबन्धक अशोक कुमार महतोको अध्यक्षतामा सुरु भएको कार्यक्रममा मिर्चैया नगरपालिकाका मेयर श्रवण कुमार यादवले ब्यानर पढेर उदघाटन गरेका थिए।बिशिस्ट अतिथिमा मिर्चैया नगरपालिकाका स्वास्थय शखा प्रमुख बिजय कुमार महतो, स्थानीय समाज सेवी तथा नेपाल कम्युनिस्ट पार्टी (एमाले) नेता सरोज कुमार यादव रहनु भएको थियो।
अतिथिहरुमा ईलाका प्रहरी कार्यालय मिर्चैयाका असैई संजय कुमार शर्मा,एबी.आर.सेकेरुटीका संचालनका सदस्य तथा प्रशिक्षक राजेन्द्र मंण्डल,भगत कुमार साह, कौशल यादव, शुनिल कुमार साह संजय कुमार यादव,चन्द्रीका कुमारी महतो,पत्रकार महेश सिंह,राम नारायण ठाकुर,प्रदिप सिंह लगायत दर्जनौं अतिथिहरुको उपस्थिति रहेको थियोे।
























