• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

शरतसिंह भण्डारी : पञ्चायतदेखि गणतन्त्रसम्म दल बदल्दै १२ औं पटक मन्त्री

२०७९ चैत्र १७, शुक्रबार १६:२४
शरतसिंह भण्डारी : पञ्चायतदेखि गणतन्त्रसम्म दल बदल्दै १२ औं पटक मन्त्री

ध्रुव सिम्खडा
काठमाडौँ — पञ्चायतकालदेखि मन्त्री बन्दै आएका लोकतान्त्रिस समाजवादी पार्टी (लोसपा)का नेता शरतसिंह भण्डारी १२ औं पटक मन्त्री बनेका छन् । पुष्पकमल दाहाल नेतृत्वको मन्त्रिपरिषद्‍मा धेरैपटक मन्त्री बन्ने नेतामा उनी पर्छन् । मधेसको महोत्तरीबाट यिनले जति पटक चुनाव जिते लभगभ त्यति नै पटक दल पनि बदलेका छन् र मन्त्री पनि बनिरहेका छन् ।२०३८ र ०४३ सालमा राष्ट्रिय पञ्चायत सदस्यमा निर्वाचित भण्डारी त्यसयताका कुनैपनि निर्वाचनमा एउटै दलबाट उठेका छैनन् । हरेक पटक दल बदल्दै चुनाव उठ्दै, जित्दै र मन्त्री बन्दै आएका छन् ।
कति चोटी मन्त्री बने ?
शरतसिंह भन्डारीको मन्त्री पदको पहिलो खाता २०४४ फागुनमा खुल्यो । ०४३ असार २ गते पञ्चायत व्यवस्थाका अन्तिम प्रधानमन्त्री मरिचमान सिंह श्रेष्ठले २०४४ साल फागुनमा मन्त्रिमण्डल पुनर्गठन गर्दा फागुनमा यिनी पञ्चायत तथा स्थानीय विकास सहायक मन्त्री बने । त्यसको एकवर्षपछि ०४५ कात्तिकमा भण्डारी वाणिज्य राज्यमन्त्रीमा बढुवा भए ।
०४६ सालमा पञ्चायत व्यवस्थाको पतन र बहुदलीय व्यवस्थाको स्थापनासँगै करिब ५ वर्ष यिनको राजनीतिक चढाव रोकिन पुग्यो । पञ्चायत व्यवस्थाका समर्थकहरुले चुनाव उठ्ने हिम्मतै नगरेकाले यिनको पनि ०४८ सालको आम निर्वाचनमा उस्तो चहलपहल देखिएन । तर ०५१ कात्तिकमा सम्पन्न मध्यावधि निर्वाचनमा भने उनी फेरि महोत्तरीबाट स्वतन्त्र रुपमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुन पुगे । त्यसपछि फेरि उनलाई मन्त्री बन्ने अवसर आयो ।मनमोहन अधिकारीको अल्पमतको सरकार ढलेपछि ०५२ भदौमा कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवा प्रधानमन्त्री बन्न पुगे । देउवाको ‘जम्बो’ मन्त्रिपरिषद्‍मा ०५२ मंसिरमा भण्डारी बिना विभागीय राज्यमन्त्री बने । ०५३ पुस २४ गते बिना विभागीय मन्त्रीमा बढुवा भए । देउवा सरकार विघटन भई लोकेन्द्रबहादुर चन्दको नेतृत्वमा एमाले सम्मिलित सरकार गठन हुँदा भने भण्डारी मन्त्री बनेनन् ।
पञ्चायतमा २ पटक मन्त्री भईसके पनि यिनलाई चन्द खेमाले रुचाएको देखिन्न । जब चन्दलाई विस्थापित गरेर कांग्रेसको साथ र सहयोगमा सूर्यबहादुर थापा प्रधानमन्त्री बने फेरि यिनको मन्त्री हुने दिन फिर्‍यो । ०५४ असोजमा भण्डारी युवा, खेलकूद तथा संस्कृति मन्त्री बन्न सफल भए । सूर्यबहादुर थापापछि प्रधानमन्त्री बनेका गिरिजाप्रसाद कोइरालाले भने भण्डारीलाई रुचाएनन् । किनकि, कोइरालाका कुनैपनि मन्त्रिपरिषद्‍मा उनी मन्त्रीको रुपमा समेटिएनन् ।
०५६ सालमा सम्पन्न आम निर्वाचनमा यिनी फेरि महोत्तरीबाटै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए । त्यसबेलासम्म भण्डारी कांग्रेस बनिसकेका थिए । कांग्रेसबाट चुनाव उठेर जिते र कृष्णप्रसाद भट्टराईको नेतृत्वमा गठित मन्त्रिपरिषद्‍मा ०५६ जेठमा भण्डारी पुनः युवा, खेलकूद तथा संस्कृति मन्त्रीमा नियुक्त हुन पुगे । त्यसबेला काठमाडौंमा दक्षिणी एसियाली खेलकूद प्रतियोगिता सम्पन्न भएको थियो त्यसको ‘जस’ भण्डारीले पाए । फेरि भट्टराईले मन्त्रिपरिषद् पुनर्गठन गर्दा ०५६ फागुनमा उनको विभाग फेरियो र स्वास्थ मन्त्री बने ।
त्यही सालको चैतमा गिरिजाप्रसाद कोइरालाले कृष्णप्रसाद भट्टराईलाई प्रधानमन्त्रीबाट हटाएर आफैं प्रधानमन्त्रीमा पदासीन भएपछि केही समयका लागि भण्डारीको मन्त्री बन्ने क्रम रोकियो । कांग्रेसभित्रको सत्ता संघर्षमा जब शेरबहादुर देउवाले गिरिजाप्रसाद कोइरालालाई माथ गरे, प्रधानमन्त्री भए तब शरतसिंह भण्डारीको दिन फेरि खुलिहाल्यो । मन्त्रीको झण्डा फहराउन नपाएको दुईवर्ष पनि बित्न नपाउँदै यिनी ०५८ साउनमा फेरि स्वास्थ मन्त्री बने ।
त्यसपछि भण्डारी ज्ञानेन्द्र शाहको शासनकालभरि मन्त्री हुनबाट वञ्चित भए । जनआन्दोलन दुईको सफलतापछि ०६३ वैशाखमा गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा सरकार गठन भयो । तर उनी मन्त्री बनेनन् ।
०६५ जेठ १५ मा मुलुक गणतन्त्रमा प्रवेश गरेसँगै प्रधानमन्त्रीको ‘हट सिट’ मा आसीन हुनपुगे विद्रोही नेता पुष्पकमल दाहाल । सोही भदौमा गठित दाहाल सरकारमा नसमेटिएका शरतसिंह भण्डारी त्यसपछि अर्का कम्युनिस्ट प्रधानमन्त्री माधवकुमार नेपालका आँखामा भने परे । ०६६ जेठमा गठित नेपालको मन्त्रिपरिषद्‍मा उनी पर्यटन तथा नागरिक उड्डयन मन्त्री बन्न सफल भए । त्यसबखत उनी कांग्रेस छोडेर मधेसी जनअधिकार फोरममा लागि सकेका थिए । र, त्यही पार्टीबाट मन्त्री बने ।
०६८ भदौमा बाबुराम भट्टराईको नेतृत्वमा गठित मन्त्रिपरिषद्‍मा भण्डारी रक्षामन्त्री बन्न सफल भए । त्यसबेलासम्म यिनी मधेसी जनअधिकार फोरम (उपेन्द्र यादव) त्यागेर विजयकुमार गच्छदारको मधेसी जनअधिकार फोरम लोकतान्त्रिकमा गइसकेका थिए । तराई मधेसका युवाको नेपाली सेनामा सामूहिक प्रवेश नभए तराई टुक्रिने अभिव्यक्ति दिएपछि उनले पदबाट राजीनामा दिनुपरेको थियो ।
जब नेकपा विभाजनको डिलमा पुग्यो त्यसबेला तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७८ जेठ २१ मा मन्त्रिपरिषद् पुनर्गठन गरे जसमा भण्डारीलाई उर्जा मन्त्रालयको जिम्मेवारी दिइएको थियो । त्यसबेला उनी जसपाबाट उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री बनेका थिए । तर यो पटक भने उनी जम्मा १७ दिनमात्रै मन्त्री भए ।
अहिले फेरि दाहाल नेतृत्वको सरकारमा उनी श्रम मन्त्री नियुक्त भएका छन् । उनलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लोसपाटबाट मन्त्री नियुक्त गरेका हुन् । योसँगै ६८ वर्षीय भण्डारी पञ्चायतदेखि गणतन्त्रसम्म आइपुग्दा १२ पटक मन्त्री बन्न सफल बनेका छन् ।
२०३२ सालमा नेपाल विद्यार्थी संघबाट राजनीतिमा प्रवेश गरेका यिनी पञ्चायत व्यवस्थाबाट प्रत्यक्ष राजनीतिमा प्रवेश गरेका हुन् । त्यसयता यिनी कांग्रेस र मधेसवादी दलका विभिन्न खेमामा प्रवेश गर्दै पटक–पटक चुनाव जित्न र मन्त्री बन्न सफल भए । पञ्चायत व्यवस्थामा यिनले महोत्तरीबाट दुईचोटी चुनाव उठे, दुवै (२०३८ र ०४३ सालको राष्ट्रिय पञ्चायत सदस्य) जिते । बहुदलकालमा ०५१ र ०५६ सालमा पनि महोत्तरीबाटै प्रतिनिधिसभा सदस्यमा विजयी भए । गणतान्त्रिक कालमा पनि महोत्तरीबाटै संविधानसभा र प्रतिनिधिसभामा चुनाव जित्दै आएका छन् ।०४८ सालमा उनी चुनाव उठेनन् । ०५१ कात्तिकमा सम्पन्न मध्यावधि निर्वाचनमा स्वतन्त्र रुपमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए । ०५६ सालको आम निर्वाचनमा नेपाली कांग्रेसबाट उम्मेदवार बनेर जित निकाले भने २०६४, ०७०, ०७४ र ०७९ का निर्वाचनमा विभिन्न खेमाका मधेसवादी दलबाट उठे । र, ०७० को दोस्रो संविधानसभाबाहेक सबैमा जित हात पार्न सफल भए । उठेका ८ वटा प्रत्यक्ष निर्वाचनमध्ये ७ वटा जितेका छन् ।
०७० को दोस्रो संविधानसभा निर्वाचनमा उनी फोरम लोकतान्त्रिकबाट महोत्तरीमा चुनाव उठे पनि हारे । त्यसपछि उनी फोरम लोकतान्त्रिक छाडेर आफ्नै नेतृत्वमा राष्ट्रिय मधेस समाजवादी पार्टी गठन गरेर त्यसैमार्फत् राजनीतिमा सक्रिय रहे । केही समयपछि त्यसलाई पनि राष्ट्रिय जनता पार्टी (राजपा) मा समाहित गरेर अगाडि बढे । मधेसकेन्द्रित ६ दल मिलेर बनेको राजपाबाटै उनी ०७४ सालको आम निर्वाचन उठे र विजयी भए । तर एमाले र माओवादी केन्द्र मिलेर नेकपा बनेपछि यिनको मन्त्री बन्ने सपना पूरा हुन सकेन ।तर उपेन्द्र यादव ओली सरकारमा गएपछि मधेसवादी दलहरुमा फेरि खटपट शुरु भयो । यिनीहरुले अलग्गै जनता समाजवादी पार्टी (जसपा) बनाए । त्यसको ६ जना अध्यक्ष मण्डलमध्ये एक थिए उनी । त्यसबाट पनि विभाजित भई अहिले भण्डारी महन्थ ठाकुर नेतृत्वको लोसपामा आवद्ध छन् ।

सम्बन्धित खवर

कांग्रेस–कम्युनिष्टको गलत र स्वार्थी शासनका कारण युवामा बेरोजगारी बढेको: अध्यक्ष यादव
प्रदेश विशेष

कांग्रेस–कम्युनिष्टको गलत र स्वार्थी शासनका कारण युवामा बेरोजगारी बढेको: अध्यक्ष यादव

56 years पहिले
अबको क्रान्ति आर्थिक–सामाजिक रुपान्तरणका लागि हुनुपर्छ : उपेन्द्र यादव
प्रदेश विशेष

अबको क्रान्ति आर्थिक–सामाजिक रुपान्तरणका लागि हुनुपर्छ : उपेन्द्र यादव

56 years पहिले
एमाले प्रदेश सदस्य प्रेम लामा जसपा नेपालमा
प्रदेश विशेष

एमाले प्रदेश सदस्य प्रेम लामा जसपा नेपालमा

56 years पहिले
मधेशमा वनमन्त्री बनेकी विच्छालाई राप्रपाले गर्‍यो निलम्बन
प्रदेश विशेष

मधेशमा वनमन्त्री बनेकी विच्छालाई राप्रपाले गर्‍यो निलम्बन

56 years पहिले
जसपा नेपालद्वारा ३ दिने प्रदेशस्तरीय प्रशिक्षण सुरु,‎
प्रदेश विशेष

जसपा नेपालद्वारा ३ दिने प्रदेशस्तरीय प्रशिक्षण सुरु,‎

56 years पहिले
जसपा नेपालको प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रम उद्घाटन
प्रदेश विशेष

जसपा नेपालको प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रम उद्घाटन

56 years पहिले

ताजा समाचार

कांग्रेस–कम्युनिष्टको गलत र स्वार्थी शासनका कारण युवामा बेरोजगारी बढेको: अध्यक्ष यादव

कांग्रेस–कम्युनिष्टको गलत र स्वार्थी शासनका कारण युवामा बेरोजगारी बढेको: अध्यक्ष यादव

56 years पहिले
अबको क्रान्ति आर्थिक–सामाजिक रुपान्तरणका लागि हुनुपर्छ : उपेन्द्र यादव

अबको क्रान्ति आर्थिक–सामाजिक रुपान्तरणका लागि हुनुपर्छ : उपेन्द्र यादव

56 years पहिले
एमाले प्रदेश सदस्य प्रेम लामा जसपा नेपालमा

एमाले प्रदेश सदस्य प्रेम लामा जसपा नेपालमा

56 years पहिले
मधेशमा वनमन्त्री बनेकी विच्छालाई राप्रपाले गर्‍यो निलम्बन

मधेशमा वनमन्त्री बनेकी विच्छालाई राप्रपाले गर्‍यो निलम्बन

56 years पहिले
जसपा नेपालद्वारा ३ दिने प्रदेशस्तरीय प्रशिक्षण सुरु,‎

जसपा नेपालद्वारा ३ दिने प्रदेशस्तरीय प्रशिक्षण सुरु,‎

56 years पहिले


अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

 

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि

© 2020 The Pradesh Times || Design By: Pro-Tech