जनकपुरधाम, जेष्ठ ९ गते । नेकपा एमाले धनुषाको अध्यक्षमा रघुविर महासेठ गुटका भोला यादव निर्वाचित भएका छन् ।
लक्ष्मीनारायण यादवलाई २०२ फराकिलो मतान्तरले पराजित गर्दै भोला यादव एमाले धनुषाको ८ औं अध्यक्षको रुपमा निर्वाचित भएका हुन् । पराजित लक्ष्मीनारायण सभामुख रामचन्द्र मण्डलका सल्लाहकार रहेको बुझिएको छ।
यस्तै उपाध्यक्षमा तेजनारायण यादव, सचिवमा दिपन ठाकुर, उपसचिवमा सविन थापा र महिला उपसचिवमा रुका मिश्र निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।
निर्वाचित सबै पदाधिकारी एमालेका केन्द्रीय सचिव रघुविर महासेठ प्यानलकै छन् । अधिवेशनमा ६ सय २८ प्रतिनिधि थिए । जसमध्ये ६ सय १५ जना प्रतिनिधिले मतदान गरेका थिए ।
८ औं जिल्ला अधिवेशनको क्रममा दुई समूहबीच कुटाकुट भएपछि वैशाख २३ मा स्थगित मतदान जेष्ठ ७ गते बुधबार भएको थियो ।
























