काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफूलाई घर जलाउने धम्की दिने व्यक्तिलाई तत्काल पक्राउ गरी कानुनी कारबाही गर्न सरकारसँग माग गरेका छन् ।डा. भट्टराईले सामाजिक सञ्जाल फेसबुकमा आफूलाई लक्षित गरी लेखिएको धम्कीपूर्ण स्टाटसको स्क्रिनसट सार्वजनिक गर्दै राज्यले यस्ता गतिविधिमा संलग्न व्यक्तिलाई समयमै नियन्त्रणमा लिनुपर्ने बताएका हुन् ।उनले सोमबार राति फेसबुकमा लेखेका छन्, ‘यस्ता अपराधीलाई राज्यले बेलैमा नियन्त्रणमा लिएर विधिवत् कारबाही गरोस्।’डा। भट्टराईले समयमै यस्ता व्यक्तिमाथि कारबाही नभए आगामी दिनमा थप गम्भीर आपराधिक गतिविधि हुन सक्ने चेतावनीसमेत दिएका छन्।
उनले जेनजी विद्रोहको वार्षिकी नजिकिँदै गएको उल्लेख गर्दै ‘भेडाको छाला ओढेर प्रतिगामी र राष्ट्रघाती ब्वाँसाहरूले संघीय लोकतान्त्रिक गणतन्त्र र राष्ट्रिय सार्वभौमिकताविरुद्ध वितण्डा मच्चाउने थप जघन्य अपराध गर्न सक्छन्’ भनेका छन्।भट्टराईले सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको धम्कीलाई गम्भीर रूपमा लिएर सम्बन्धित व्यक्तिको पहिचान गरी तत्काल कानुनी दायरामा ल्याउन राज्य संयन्त्रको ध्यानाकर्षण गराएका छन्।














प्रतिक्रिया दिनुहोस्