Advertisement
☰

धनुषाको खरियानीमा हेल्प मधेशी संस्थाद्वारा राजेश कापर लाई आर्थिक सहयोग

न्युजडेस्क
२०७७ आश्विन १३, मंगलवार २२:१७

द प्रदेश टाइम्स / जनकपुरधाम असोज १३ मंगलवारका दिन हेल्प मधेशी संस्थाद्वारा धनुषा जिल्लाको सबैला न.पा.वाडा नं.१० खरीयानी टोलका राजेश कापरका छोरा रित्तिक कापरलाई आर्थिक सहयोग गरेका छ्न।

उपचारको लागि रु ३९१०० ( उन्नचालिस हजार एक सय मात्र) , सबैला सेवा समितीद्वारा रु १००००(दस हजार मात्र) र उद्योग वानिज्य संघ सबैलाका अध्यक्ष श्री रामचन्द्र जयसवालको व्यतिगत सहयोग रु ११००० (एघार हजार मात्र) गरि जम्मा रु ६०००००/-( साठी हजार मात्र) २ वर्षे विरामी नानी रितिकको हजुर आमालाई हेल्प मधेशी नेपालको अध्यक्ष राम उदगार यादवद्वारा हस्तान्तरण गरिएको छ।


उक्त अवसरमा हेल्प मधेशी धनुषाको अध्यक्ष सत्रुधन साह, हेल्प मधेशी कत्तारका सह कोषाध्यक्ष देवेन्द्र ठाकुर उद्योग वानिज्य संघ सबैलाका अध्यक्ष रामचन्द्र जयसवाल सबैला न.पा.१० का वाडा अध्यक्ष प्रमेश्वर साह सबैला सेवा समितीका सेवक हरि महतो , हेल्प मधेशी नेपालका सेवक संजिव श्रेष्ठ हेल्प मधेशी नेपालका सेवक राम अषिश यादव र धनेश्वर मिश्रको उपस्थिति थियो।


यस पुनित कार्यमा उपस्थित भइ सहयोग गरिदिनु भएकोमा सम्पुर्ण सेवकगनहरुलाई हेल्प मधेशी परीवारको तर्फबाट धेरै धेरै धन्यवाद छ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर