• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

‘दुई दिनको बिदा बेकार छ, बरु वर्षको दुई हप्ता बिदाको प्रस्ताव गरौँ’

२०७७ आश्विन २०, मंगलवार १०:०८

काठमाण्डाै – यो वर्ष विदेशी पर्यटक नेपाल घुम्न आउने सम्भावना छैन । यस्तो अवस्थामा आन्तरिक पर्यटनमार्फत पर्यटन व्यवसायलाई केही चलायमान बनाउन सरकारले विभिन्न योजना बनाइरहेको छ ।

आन्तरिक पर्यटक बढाउन भन्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले हप्तामा दुई दिन सार्वजनिक बिदा दिने विषयको अध्ययन गर्न कार्यदल समेत गठन गरेको छ । हप्तामा दुई दिन बिदा दिँदा आन्तरिक पर्यटन बढ्ने मन्त्रालयको दाबी छ । तर नेपालमा यसअघि असफल भइसकेको यो कुरा फेरि पनि असफल हुने टिप्पणी बढ्दै गएको छ । 

छलफलमा छौँ, टुंगो लगाउने हामीले होइन : तामाङ

हप्तामा दुई दिन सार्वजनिक बिदा दिनको लागि अध्ययन गर्न पर्यटन मन्त्रालयले बनाएको कार्यदलका सदस्य तथा पर्यटन विभागका महानिर्देशक रुद्रसिंह तामाङले अहिले यो विषयमा सामान्य अध्ययन मात्रै भएको बताउनुभयो ।
‘बिदाको निर्णय गर्ने पर्यटन मन्त्रालय त होइन तर हामीले अध्ययन गर्नुपर्छ भनेर कार्यदल बनेको हो, अहिले हामीले प्रारम्भिक चरणमा अध्ययन गरिरहेका छौँ, अब केही दिनमा कार्यदलका सबै सदस्य बसेर सुक्ष्म अध्ययनको विषयमा कुरा हुनेछ’ तामाङले भन्नुभयो । 

कोरोना भाइरसका कारण उत्पन्न भएको असामान्य अवस्थाका कारण विदेशी पर्यटक नआएको अवस्थालाई मध्यनजर गर्दै आन्तरिक पर्यटनमा जोड दिँदै पर्यटन बजारमा चहलपहल ल्याउनको लागि हप्तामा दुई दिन बिदाको अवधारणा बनेको महानिर्देशक तामाङको  भनाइ छ । 

दुई दिनको बिदा बेकार छ, बरु वर्षको दुई हप्ता बिदाको प्रस्ताव गरौँ : सुवेदी

ट्रेकिङ एजेन्सिज एशाेसिएसन अफ नेपाल (टान) का अध्यक्ष खुमबहादुर सुवेदी हप्तामा दुई दिन बिदा दिएर आन्तरिक पर्यटक बढ्छन् भन्नु बेकार रहेको बताउनुहुन्छ । दुई दिनको बिदामा लामो यात्रामा जान नमिल्ने भएकाले घुमघामको लागि समय नहुने उहाँको भनाइ छ । 

‘हप्तामा दुई दिन बिदा दिएर मान्छे घुम्न निस्कन्छन् भन्नु बेकार हो, बरु ६ महिनामा एक हप्ता वा एक वर्षमा दुई हप्ता घुमफिर बिदा दिएमा मान्छेहरु घुम्न निस्कन्छन्’ टानका अध्यक्ष खुमबहादुर सुवेदीले भन्नुभयो, ‘दुई दिनको बिदामा त काठमाण्डौका मान्छे धुलिखेल र नगरकोट जालान्, अरु सहरका मान्छे पनि नजिकका ठाउँमा जालान्, तर २/४ दिन घुम्न जानेहरु कसरी भ्याउँछन् त ?’

सरकारले कर्मचारीहरु घुम्न जाउन भन्ने हिसाबले सोचेको हो भने दुई दिन बिदाको अर्थ नै नहुने उहाँको भनाइ छ । ‘हाइकिङ जाने, एक रात कतै बिताउन जाने र काठमाण्डौ वरपरका डाँडाकाँडा घुमाउने लक्ष्य हो भने त दुई दिन बिदा ठिकै होला, तर आन्तरिक पर्यटक बढाउने र बजार चहलपहल बनाउने उदेश्यले ल्याएको हो भने त दुई दिन बिदाले पुग्दैन’, सुवेदीले भन्नुभयो । 

पर्यटन मन्त्रालय र मन्त्रीले कार्यक्षेत्र मिच्न मिल्दैन : प्रशासन विज्ञ भट्ट

सार्वजनिक प्रशासन विज्ञ डा. भीमदेव भट्ट पर्यटन मन्त्रालयले आफ्नो कार्यक्षेत्र मिचेर हप्तामा दुई दिन बिदाको अध्ययन थालेको बताउनुहुन्छ । सरकारलाई हप्तामा दुई दिन बिदा दिने विषयको अध्ययन गर्न मन लागेमा सम्बन्धित मन्त्रालयबाटै अध्ययन गराउनुपर्नेमा कार्यक्षेत्र मिचेर पर्यटनमन्त्रीले अध्ययन कार्यदल बनाएको प्रशासन विज्ञ भट्टको भनाइ छ । 

‘पर्यटन मन्त्रालयले यो विषय उठाउने नै होइन, उठाउनै परेमा यो विषय सामान्य प्रशासन मन्त्रालयले उठाउनु पर्थ्याे, प्रशासन हेर्ने जिम्मा सामान्य प्रशासन मन्त्रालयलाई दिइएको छ भने बिदाको कुरा पनि त्यही मन्त्रालयले नै गर्नुपथ्र्यो । यो विषयको उठान नै गलत ठाउँबाट भएको छ’ भट्टले भन्नुभयो । 

यसअघि दुई पटकसम्म हप्ताको दुई दिन बिदा दिने व्यवस्था कार्यान्वयन भए पनि असफल भएकाले यो विषयलाई नेपालमा कम्तीमा २० वर्षसम्म उठाउनु बेकार रहेको प्रशासन विज्ञ भीमदेव भट्टको भनाइ छ । ‘पछिल्लो पटक २०५६ सालमा यो व्यवस्था असफल भयो, २०५६ सालयता देश पूरै विकसित भएजस्तो गरेर अहिले दुई दिन बिदाको अध्ययन थालिएको रहेछ, यो बेकार हो, अझै कम्तीमा २०  वर्ष यो कुरा नउठाए पनि हुन्छ’ भट्टले भन्नुभयो । 

२०७१ सालमा बिहान र बेलुकाको सिफ्टमा पनि काम गर्ने भनेर बिहान आठ बजेदेखि बेलुकी आठ बजेसम्म कार्यालय खोल्ने कामको सुरुवात भएको स्मरण गर्दै भट्टले भन्नुभयो, ‘कसैलाई मन लाग्यो भन्दैमा जे पनि निर्णय गरिदिने चलनले देश बिग्रिएको छ, देशको बजेट मात्रै सकिएको छ, गहिरो अध्ययन र नागरिकको हितको लागि भन्दा पनि आफ्नो स्वार्थको लागि निर्णय गर्ने चलन फेरि दोहोरिने खतरा छ ।’ सरकारी कर्मचारी अहिले पनि तालिम, गोष्ठी, अध्ययन लगायतका प्रयोजनको लागि भत्ता लिएर घुम्न जाने गरेको प्रशासन विज्ञ भट्टको भनाइ छ । 

‘सरकारी कर्मचारी अहिले पनि मनग्य भत्ता बुझेर देश घुम्न पाएकै छन्, उनीहरु आफ्नो पैसा खर्च गरेर घुम्नै पर्दैन, सर्वसाधारणसँग छाक टार्ने पैसा पनि हुँदैन, अब कस्को लागि दुई दिन बिदा दिने त ?’ भट्टले प्रश्न गर्नुभयो । 

दुईपटक असफल भएको व्यवस्था

हप्तामा दुई दिन बिदा दिने व्यवस्था यसअघि दुई पटक असफल भइसकेको छ । सरकारी खर्च घटाउने, काममा चुस्तता ल्याउने र विकसित देशमा जस्तै हप्तामा ४० घन्टा मात्रै काम लगाउने जस्ता फाईदा देखाउँदै हप्तामा दुई दिन बिदाको सुरुवात भए पनि दुई पटक नै यो  निर्णय टिक्न सकेन । 

यसअघि नेपालमा २०४७ सालमा हप्ताको दुई दिन बिदा दिन सुरु भए पनि लामो समय टिकेन, अदालतबाट सुरु भएको यो व्यवस्था अन्य धेरै निकायमा लागू नै भएन ।  फेरि २०४८ सालमा सरकारी खर्च घटाउन भन्दै प्रशासन  सुधार आयोगले हप्तामा दुई दिन बिदा दिन सिफारिस गर्यो तर कार्यान्वयन भएन ।

पछि कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री हुँदा २०५६ सालमा दुई दिन बिदाको नियम लागू भयो तर काठमाण्डौ उपत्यकाबाट सुरु भएको यो निर्णय एक वर्ष पनि टिकेन । नेपालीहरुको जीवनशैली, भूगोल, यातायातका साधन लगायतका कारण हप्तामा दुई दिन बिदा दिने निर्णय अव्यवहारिक सावित भएको विज्ञहरु बताउँछन् ।

राज्यका धेरै संरचना पुरानै रहेको र नेपाल विकसित नभइसकेको यो अवस्थामा हप्तामा दुई दिन बिदा दिने निर्णय लागू गरेमा फेरि पनि असफल नै हुने धेरैको बुझाइ छ ।

सम्बन्धित खवर

डेपुटी गभर्नरमा पण्डित नियुक्त
प्रदेश विशेष

डेपुटी गभर्नरमा पण्डित नियुक्त

56 years पहिले
पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ
प्रदेश विशेष

पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

56 years पहिले
मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए
प्रदेश विशेष

मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए

56 years पहिले
पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ
प्रदेश विशेष

पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ

56 years पहिले
गृहमन्त्री सुदन गुरुङद्वारा तीन अध्यादेश पेस
प्रदेश विशेष

गृहमन्त्री सुदन गुरुङद्वारा तीन अध्यादेश पेस

56 years पहिले
अवतरणकै क्रममा पल्टियो हेलिकप्टर : खोटाङमा एयर डाइनेस्टीको ९ एन–एएफक्यू दुर्घटनाग्रस्त, एक जना घाइते
प्रदेश विशेष

अवतरणकै क्रममा पल्टियो हेलिकप्टर : खोटाङमा एयर डाइनेस्टीको ९ एन–एएफक्यू दुर्घटनाग्रस्त, एक जना घाइते

56 years पहिले

ताजा समाचार

डेपुटी गभर्नरमा पण्डित नियुक्त

डेपुटी गभर्नरमा पण्डित नियुक्त

56 years पहिले
पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

56 years पहिले
मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए

मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए

56 years पहिले
पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ

पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ

56 years पहिले
गृहमन्त्री सुदन गुरुङद्वारा तीन अध्यादेश पेस

गृहमन्त्री सुदन गुरुङद्वारा तीन अध्यादेश पेस

56 years पहिले


अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

 

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि

© 2020 The Pradesh Times || Design By: Pro-Tech