• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

प्रदेश २ ले लैंगिक हिंसा न्यूनीकरण र पीडितलाई सहयोग गर्न छुट्टै कानुन बनाउने

२०७७ पुष १२, आईतवार ०८:१७

वीरगञ्ज । प्रदेश २ सरकारले लैंगिक हिंसा न्यूनीकरण तथा पीडितको सहायताका लागि छुट्टै कानुन बनाउने भएको छ । मुख्यमन्त्री लालबाबु राउत गद्दीले फरक लिंगको भएकै आधारमा हुने विभेद न्यूनीकरण तथा समस्यामा परेको अवस्थामा सहयोग गर्न कानुनी व्यवस्था र संयन्त्र अपरिहार्य देखिएको बताए ।

लैंगिक हिंसा न्युनीकरण एवं पीडितको सहायतामा एकीकृत प्रयासको अपरिहार्यता विषयक छलफल कार्यक्रममा बोल्दै मुख्यमन्त्री राउतले तत्काल प्रदेश कानुन मन्त्रालय मार्फत कानुन बनाउने प्रक्रिया शुरु गर्ने आश्वासन दिए ।

‘लैंगिक हिंसामा परेका पीडितहरुले न्यायका लागि लड्नुपर्दा विस्थापनको अवस्था आउँछ । त्यस अवस्थामा परिवारको साथ सहयोग नमिल्न सक्छ,’ उनले भने, ‘पीडितलाई न्याय दिलाउन र विस्थापनको अवस्थामा साथ दिन एउटा संयन्त्र बनाउनुपर्छ, आवश्यक पर्दा खर्च गर्न कोष हुनुपर्छ । ऐन, कानुन, निर्देशिका बनाएर संयन्त्र र स्थायी कोष नै खडा गर्छौं ।’

सामाजिक संरचनाले नै महिला बढी हिंसामा पर्ने गरेको भए पनि वैदेशिक रोजगारीका कारण पुरुष र तेस्रो लिंगीहरुले पनि विभिन्न दुर्व्यवहार भोग्नुपरेको मुख्यमन्त्री राउतको भनाइ छ ।

समाजमा विद्यमान लैंगिक हिंसालाई नियन्त्रण गर्न सबैभन्दा पहिले शिक्षामा जोड दिनुपर्ने उनको भनाइ छ । ‘समाजमा रहेका लैंगिक हिंसालाई नियन्त्रण गर्नु छ, त्यसका लागि शिक्षामा जोड दिनुपर्छ, शिक्षामा जोड नदिइकन समाजमा परिवर्तन संभव छैन,’ उनले भने, ‘त्यसैले प्रदेश २ सरकारले बेटी पढाऊ, बेटी बचाऊ अभियान सञ्चालन गरेको हो । कतिपयले बेटी रहेगी तब न पढेगी भनेर प्रश्न पनि गर्छन् । तर नपढेकी छोरीभन्दा पढेको छोरीले धेरै कुरा बुझ्न सक्छिन्, अरुसँग लडेर एक्लै आत्मनिर्भर भएर बाँच्छिन् ।’

बेटी पढाउ, बेटी बचाउ अभियान मार्फत प्रदेशमा जन्मिएका हरेक छोरीलाई प्रदेश सरकारले तीन लाख र स्थानीय पालिकाबाट ३ लाख गरेर जन्मनेवित्तिकै ६ लाखको मालिक बनाउन लागेको उनले सुनाए ।

विघटित संसद सदस्य प्रदीप यादवले सामाजिक सोचका कारण लैैंगिक हिंसा हुने गरेको बताउँदै चेतनामुलक कार्यक्रम सञ्चालन हुनुपर्नेमा जोड दिए । ‘२० वर्षको छोरीलाई कतै पठाउन पर्दा हामी ५ वर्षको छोरा साथमा पठाउँछौं । समाजमा बाल विवाह र दाइजोको समस्या छ,’ उनले भने, ‘शिक्षाको कमीका कारण पनि विभिन्न लैंगिक हिंसाका घटना भएको सुनिन्छ । वडा स्तरबाटै जनचेतनामुलक कार्यक्रम हुनुपर्छ ।’

वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले लैंगिक हिंसामा परेका महिलालाई राख्ने सुरक्षित आवास गृहका लागि ट्राफिक प्रहरी कार्यालय पछाडिको सार्वजनिक जग्गा उपलब्ध गराउने आश्वासन दिए ।

पर्साका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले प्रभाव र दवावका कारण लैंगिक हिंसामा परेका कमै पीडितले मात्रै न्याय पाउने गरेको बताए । ‘पीडकलाई कारबाही र पीडितलाई आत्मसम्मान दिएपछि मात्रै न्याय प्राप्ती हुन्छ । तर हामीकहाँ अनुसन्धान र कारबाही गर्ने निकायमा प्रभाव र दवाव दिइन्छ । त्यसले गर्दा पीडितले जुन किसिमको न्याय पाउनुपर्ने हो त्यसबाट बञ्चित हुन्छन् ।’ प्रजिअ तामाङले भने, ‘सामाजिक न्याय सम्पादनमा कहाँनेर चुक्यौ ? त्यसको समीक्षा हुनुपर्छ ।’

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्साकी प्रमुख प्रहरी उपरीक्षक गंगा पन्तले लैंगिक हिंसा न्युनीकरण एवं पीडित सहायतामा एकीकृत प्रयासको आवश्यकताका बारेमा कार्यपत्र प्रस्तुत गरेकी थिइन् । उनले पीडितको तत्काल उद्दार, उपचार, आश्रित परिवार र सम्पत्तिको सुरक्षा, गोपनियता, मनोविमर्श÷परामर्श, राहत आर्थिक सहयोग, आत्मनिर्भर बनाउन सीपमुलक तालिम, समाज र परिवारमा पुनःस्थापनाका लागि एकीकृत सेवा केन्द्रको आवश्यकता औंल्याइन् ।

जिल्ला प्रहरी कार्यालय पर्सा, वीरगञ्ज लेडिज सर्कल र डेपुटी मेयर्स क्लबले संयुक्त रुपमा वीरगञ्जमा कार्यक्रम आयोजना गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय पर्साले गठन गरेको जिल्लास्तरीय लैंगिक हिंसा नियन्त्रण सञ्जालको कोषमा ५ लाख रुपैयाँको चेक हस्तान्तरण गरे । अन्य पालिकाका प्रमुख र रमेश पटेल लगायत केही प्रदेश सभा सदस्यले पनि कोषलाई रकम दिने आश्वासन दिएका छन् । सञ्जालको कोषमा क्रमशः ५ लाख, ४ लाख र ३ लाख रुपैयाँ जम्मा गरिदिन महानगरपालिका, नगरपालिका र गाउँपालिकालाई आग्रह गरिएको थियो ।

सम्बन्धित खवर

उपेन्द्र यादवको क्षेत्र सप्तरीमा चुनावी अभियान तीब्र, मतदानअघि विवेकपूर्ण निर्णय लिन जसपा नेतृ रेनु यादवको अपील
प्रदेश विशेष

उपेन्द्र यादवको क्षेत्र सप्तरीमा चुनावी अभियान तीब्र, मतदानअघि विवेकपूर्ण निर्णय लिन जसपा नेतृ रेनु यादवको अपील

56 years पहिले
डाक्नेश्वरी मन्दिरमा पूजा गरेर चुनावी अभियानको शुभारम्भ गरे जसपा नेपालका अध्यक्ष यादव
प्रदेश विशेष

डाक्नेश्वरी मन्दिरमा पूजा गरेर चुनावी अभियानको शुभारम्भ गरे जसपा नेपालका अध्यक्ष यादव

56 years पहिले
पूर्वमन्त्री एवं नेकपा नेता रामेश्वर रायको टीम जसपा नेपालमा प्रवेश
प्रदेश विशेष

पूर्वमन्त्री एवं नेकपा नेता रामेश्वर रायको टीम जसपा नेपालमा प्रवेश

56 years पहिले
लहान मेयर कप कराते प्रतियोगिता–२०८२ सम्पन्न, मन्त्री गुप्ताद्वारा खेलाडीलाई प्रमाणपत्र
प्रदेश विशेष

लहान मेयर कप कराते प्रतियोगिता–२०८२ सम्पन्न, मन्त्री गुप्ताद्वारा खेलाडीलाई प्रमाणपत्र

56 years पहिले
‎समाजवादी विद्यार्थी युनियन, नेपालले माघ ५ गते बलिदानी दिवस मनाउने
प्रदेश विशेष

‎समाजवादी विद्यार्थी युनियन, नेपालले माघ ५ गते बलिदानी दिवस मनाउने

56 years पहिले
शिक्षा नै समृद्धिको प्रवेशद्वार हो : सभामुख यादव
प्रदेश विशेष

शिक्षा नै समृद्धिको प्रवेशद्वार हो : सभामुख यादव

56 years पहिले

ताजा समाचार

उपेन्द्र यादवको क्षेत्र सप्तरीमा चुनावी अभियान तीब्र, मतदानअघि विवेकपूर्ण निर्णय लिन जसपा नेतृ रेनु यादवको अपील

उपेन्द्र यादवको क्षेत्र सप्तरीमा चुनावी अभियान तीब्र, मतदानअघि विवेकपूर्ण निर्णय लिन जसपा नेतृ रेनु यादवको अपील

56 years पहिले
डाक्नेश्वरी मन्दिरमा पूजा गरेर चुनावी अभियानको शुभारम्भ गरे जसपा नेपालका अध्यक्ष यादव

डाक्नेश्वरी मन्दिरमा पूजा गरेर चुनावी अभियानको शुभारम्भ गरे जसपा नेपालका अध्यक्ष यादव

56 years पहिले
पूर्वमन्त्री एवं नेकपा नेता रामेश्वर रायको टीम जसपा नेपालमा प्रवेश

पूर्वमन्त्री एवं नेकपा नेता रामेश्वर रायको टीम जसपा नेपालमा प्रवेश

56 years पहिले
लहान मेयर कप कराते प्रतियोगिता–२०८२ सम्पन्न, मन्त्री गुप्ताद्वारा खेलाडीलाई प्रमाणपत्र

लहान मेयर कप कराते प्रतियोगिता–२०८२ सम्पन्न, मन्त्री गुप्ताद्वारा खेलाडीलाई प्रमाणपत्र

56 years पहिले
‎समाजवादी विद्यार्थी युनियन, नेपालले माघ ५ गते बलिदानी दिवस मनाउने

‎समाजवादी विद्यार्थी युनियन, नेपालले माघ ५ गते बलिदानी दिवस मनाउने

56 years पहिले

अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us