जनकपुर । धनुषामा कुट-पिट गरी नदीमा फालिएको युवकको ज्यान गएको छ । शहिदनगर नगरपालिका ३ गोठकुहा बस्ने श्रीप्रसाद यादवको छोरा गोबिन्द यादवको उपचारको क्रममा मृत्यू भएको हो ।
मँगलबार बिहान करिब ६ः३० बजेको समयमा सोही ठाउँमा रहेको कर्कलो (अरुवा) को झाडीमा फालिएको अन्दाजी बर्ष २१ को यादवको उपचारको क्रममा विराटनगरस्थित न्यूरो अस्पतालमा मृ-त्यू भएको इलाका प्रहरी कार्यालय यदुकूहाले जनाएको छ ।
गएराती नै उनलाई कुट-पिट गरी झाडीमा फालेर भागेको हुनुपर्ने बुझिएको छ । विहानै स्थानीयवासीहरुले उनलाई झाडीमा बेहोस अवस्थामा देखेपछि उनलाई उपचारको लागि तत्कालै जनकपुरको प्रादेशिक अस्पतालमा पुरयाइएको थियो ।
प्रादेशिक अस्पतालमा उपचार सम्भव नभएपछि अस्पतालले थप उपचारको लागि विराटनरस्थित न्यूरो अस्पतालमा रिफर गरेको थियो । उनलाई एम्बुलेन्स मार्फत विराटनगर लगिएकोमा उपचार सुरु गरे लगत्तै उनको मृ-त्यू भएको प्रहरीले जनाएको छ ।
उनको मँगलबार (आज) २ः३० बजेको समयमा उपचारको क्रममा मृ-त्यू भएको बताइएको छ । सोही घटनाको आरोपमा प्रहरीले केही जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय यदुकूहाका इन्सपेक्टर सँवित भण्डारीले जानकारी दिए ।
जानकारी अनुसार, सोही स्थान बस्ने मुर्बल यादव सहित अन्य थप तीन जनालाई पक्राउ गरिएको हो । उनको अनुहार, घाँटीमा गहिरो चोट लागेको थियो भने उनको सबै दाँतहरु समेत भाँचिएको थियो ।
अन्यको नाम अहिले भने खुलाएको छैनन् । घटना किन भएको भन्ने बारे प्रहरीले अनुसन्धान जारी राखेको बताइएको छ । न्युज ब्युरो
























