जनकपुरधाम / सामाजिक विकास मन्त्रालय प्रदेश न २ द्वारा सप्तरीको अग्निसाईर कृष्णासवरण गा पा ४ को श्री अा वि वनौली वडगोरियाको नव निर्मित भवनको समुदघाटन सामाजिक विकास मन्त्री नवल किशोर साहले गरेका छन।
सो अवसरमा मन्त्री साहले सोही विद्यालयका कक्षा ८ का २४ जना छात्राहरुलाई साईकल वितरण गरेका थिए भने १२ जना अपांगहरूलाई ट्राईसाईकल समेत वितरण गरेका थिए।
उक्त समाहरोहमा प्रदेश सभा सदस्य मा. मनिष कुमार सुमन, पुर्व निर्वाचन प्रमुख अायुक्त डा. अयोधी प्रसाद यादव,अग्निसाईर कृष्णासवरण गा पा का अध्यक्ष तथा उपाध्यक्ष ,जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादव लगायतको विशेष उपस्थिति रहेको थियोे ।
























