पर्सा । विश्वहिन्दु परिषद नेपालले मंगलबार १३औं पटक महाबिर मन्दिर वीरगञ्जमा सामुहिक हनुमान चालिसा बाचन तथा भजनकिर्तन कार्यक्रम सम्पन्न भएको छ ।
स्नातन धर्मको रक्षा र हिन्दु संस्कृति तथा धार्मिक आस्थालाई थप मजबुति प्रदान गर्न सामुहिक हनुमान चालिसा बाचन गरिएको विश्वहिन्दु परिषद नेपाल पर्साका उपाध्यक्ष शम्भु महतो थारुले जानकारी दिनु भयो ।
हरेक पटक सहभागीहरुको शंख्या स्वस्फुर्तरुपमा बढ्दै गईरहेको उपाध्यक्ष थारुको भनाई रहेको छ । प्रत्येक मंगलबार बिहान ७ बजेर २० मिनेटमा वीरगञ्जको महाबिर स्थान मंन्दिर परिसरमा सो सामुहिक हनुमान चालिसा बाच नहुने गरेको छ । यस अभियानमा सामेल हुने भक्तजनहरुले धरै साकारात्मक उपलब्धी प्राप्त भईरहेको प्रतिक्रिया दिएको विश्वहिन्दु परिषद नेपालका पर्सा सचिव कुन्दन श्रीवास्तवले जानकारी दिनु भयो ।
यस सामुहिक हनुमान चालिसा बाचन कार्यक्रममा सहभागी भईदिनु हुन वहाँले वीरगञ्ज वासीमा अनुरोध गर्नु भयो ।
























