Advertisement

पुर्व राज्यमन्त्री कुशवाहाद्वारा छात्रालाई साईकल वितरण

न्युजडेस्क
२०७८ आश्विन १०, आईतवार १६:०१

जनकपुरधाम, असोज १० गते / महोत्तरीको मनरा सिसवा नगरपालिका – २ श्री ने.रा. कु. आ मा  आयोजित साइकल कार्यक्रममा ११ छात्रालाई पुर्व आन्तरिक मामिला तथा कनुन राज्य मन्त्री सरोज सिंह कुश्वाहा द्वारा साईकल वितरण गरेका छ्न।

प्रदेश २ का पुर्व आन्तरिक मामिला तथा कनुन राज्य मन्त्री सरोज सिंह कुश्वाहा एवम् जनता समाजवादी पार्टीका प्रदेश सांसद कुशवाहा साईकल वितरण कार्यक्रम सम्बोधन गर्दै प्रदेश सरकारले छोरीको लागि ठूलो उपलब्धि लयाएको कुरामा जोडदिनु भएको थिए।

प्रदेश सरकार द्वारा छोरीको लागि मुख्यमन्त्री ‘बेटि बचाउ बेटी पढाउ’ छोरी शिक्षा बिमा, छोरीलाई ५० प्रतिशत आरक्षण कोटा ल्याएको कुरा जानकारी गराउदै । छोरीलाई पहिलो प्राथमिकता दिनुपर्छ भने कुरामा जोडदिनु भएका थिए।

कार्यक्रममा प्रमुख अतिथी पुर्व आन्तरिक मामिला तथा कानुन राज्य मन्त्री सरोज सिंह कुश्वाहा,जसपाका नगर संयोजक महेन्द्र राय मुखिया, जसपाका केन्द्रिय परिषद दिपक झा (गुडु), जिल्ला सदस्य रबिन्द्र कुमार सिंह, संजय सिंह, वडा न.२ का  अध्यक्ष  बिनोद सिंह, बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष  अनिल सिंह क्षेत्रीय अध्यक्ष गगनदेब यादव लगायतको स्थानीय नेता, बुद्धिजीवी, शिक्षक तथा अभिवाकहरुको उपस्थिति थियो ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर