Advertisement

मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी

न्युजडेस्क
२०८३ भाद्र ९, मंगलवार ०९:२६

जनकपुरधाम । मधेश प्रदेश सरकारले प्रदेशको शान्तिसुरक्षा थप प्रभावकारी बनाउन नेपाल प्रहरीलाई १२ वटा चारपांग्रे सवारीसाधन हस्तान्तरण गरेको छ।
प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयले महिन्द्रा कम्पनीका बोलेरो डबल क्याबिन पिकअप जिप खरिद गरी सोमबार नेपाल प्रहरीलाई हस्तान्तरण गरेको हो ।मधेश प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतोले सोमबार आयोजित कार्यक्रममा प्रहरीका सम्बन्धित कार्यालयलाई ती सवारीसाधन हस्तान्तरण गरेका हुन्।
मन्त्री महतोका अनुसार प्रदेशमा शान्तिसुरक्षा चुस्त–दुरुस्त बनाउन तथा प्रहरीको परिचालन क्षमता बढाउने उद्देश्यले आठ जिल्ला प्रहरी कार्यालय र चार इलाका प्रहरी कार्यालयलाई सवारीसाधन उपलब्ध गराइएको हो।सवारीसाधन प्राप्त गर्ने इलाका प्रहरी कार्यालयमा चन्द्रपुर, गरुडा, गोडैता र गडहिया रहेका छन् । नयाँ सवारीसाधन उपलब्ध भएपछि दुर्गम तथा संवेदनशील क्षेत्रमा प्रहरीको गस्ती, आकस्मिक परिचालन र सुरक्षा व्यवस्थापन थप प्रभावकारी हुने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर