जनकपुरधाम, असोज ३० गते । विजयदशमी, दिपावली, छठ तथा सामाचकेवा सहितका पर्वहरुको अवसरमा प्रदेश २ का समाजिक विकास मन्त्री नवलकिशोर साहले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा सम्मानजनक उपस्थिती देखिएको छ ।
सप्तरीको बरमझियामा आयोजित कार्यक्रममा विभिन्न जाति र समुदायको पहिचान झल्किने भेषभुषामा स्थानियवासीहरुको उपस्थिती रहेको छ । प्रदेश २ का आर्थिक मामिला तथा योजना मन्त्री शैलेन्द्र प्रसाद साह, राष्ट्रियसभा सदस्य मृगेन्द्र सिंह यादव सहितको समेत उपस्थिती रहेको कार्यक्रमलाई जसपाको शक्ति प्रदर्शनको रुपमा समेत चर्चा गरिदैछ ।
कार्यक्रममा जसपाका प्रभावशाली नेता मन्त्री साह तथा उनका सुपुत्र हनुमाननगर कंकालनी नगरपालिकाका प्रमुख शैलेस कुमार साह तथा अर्का सुपुत्र सुमित कुमार साहको समेत सक्रियतामा भएको कार्यक्रममा जसपाका नेता कार्यक्रताहरुका साथै सप्तरी जिल्लाकै बुद्विजिवी, अगुवाहरु सहितको उपस्थिती छ ।
























