जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपालका युवा नेता नविन यादवले डा. सिके राउत र उनका पार्टीका कार्यकर्ताहरुले मधेश बर्बाद गर्न लागेको आरोप लगाएका छन्
सरकारी कर्मचारीलाई नांगै घुमाएर अधिकारिक फेसबुक पेजबाट दिएको धम्की असह्य रहेको भन्दै युवा नेता यादवले डा. राउत मधेशका युवालाई बबार्द गर्न लागेको अरोप लगाएका छन् ।
“जसपाको घुसपैठ, पुनः टीकापुर घटना घटाउने योजना, धनुषा अध्यक्ष पशुपति यादव र युव नेता नविन यादवलाई जिम्मा, डा. सिके राउतले सर्वजानिक गरेको प्रेस रिलिज उनकै अधिकारिक पेज डा. सिके राउत सचिवालयबाट हाम्रो ध्यानाकर्षण भएको छ।”
उनले लेखेका छन् “लोकतन्त्रमा सबैको अधिकार हो । तर कसैको चरीत्र हत्या गर्ने, कुनै सरकारी ओधामा भएको कर्मचारीलाई नाङ्गै सडकमा घुमाउने आम जनतालाई पिडा दिने, जनतालाई गुमराह गर्न, मुलुकमा आरजक्ता फैलाउने, कुनै शक्तिको इसारामा देश र मधेशलाई बर्वाद गर्ने अधिकार चै छैन।”
जसपा पार्टीको, आफनो नाम सहित जिल्ला अध्यक्ष पशुपति यादवको नाम सहित हालेर भ्रम फैलाउन खोजेको बताउँदै पार्टीलाई बदनाम गर्ने षडयन्त्र रचेको बताए ।
हाम्रो नाम प्रयोग गरेर राजनीति रोटी सेक्ने षडयन्त्र गरेको आरोप लगाउँदै नेता यादवले यसलाई अविलम्ब सच्याउन पनि माग गरेका छन् । आफ्नो कर्याकर्ताहरुलाई पनि प्रशिक्षण गरि सँयमता पूर्वक सिस्टममा बसी कमेन्ट गर्न नसिकाए अवस्था भयावह हुने चेतावनी पनि दिएका छन् ।
जसपाको बैठकबाट जनमत पार्टीको रयालीमा घुसपैठ गर्ने कुरा कपोकल्पित र भ्रामक मात्र रहेको बताउँदै उनले अडियो टेप सार्वजनिक गर्न चुनौति पनि दिएका छन्
























