सन्तोष कुमार यादव
जनकपुरधाम, मंसिर १४ गते
जनकपुरधामस्थित रेल्वे स्टेशन पुगेका भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले जयनगर–जनकपुर रेल्वेको ट्रयाक निरिक्षण गर्दै छिटो भन्दा छिटो रेल सञ्चालन गर्ने तयारी भईरहेको बताउनुभयो ।
उनले भने एकचोटी यही मितिमै रेल चल्ने नसकिएको पनि यस बर्षभित्रै कुर्थासम्म रेल सञ्चालनमा ल्याउने गरी आवश्यक प्रकृया अगाडि बढिसकेको बताउनुभएको छन्।
उनले रेल्वे सञ्चालनका लागि अध्यादेश निर्माण भईसकेको र चाँडै नै सदनमा पेश गरिने मन्त्री यादवले बताए । उनले केही कागजी प्रक्रियाहरु मात्र बाँकी रहेको र आजै काठमान्डौ पुगेर आवश्यक कागजहरुमा हस्ताक्षर गर्न लागेको बताउनुभयो छन्।
गत असोज २ गते नेपाल सरकारले खरिद गरेको दुई सेट रेल भारतीय कम्पनी केआरसिएलबाट लिइएका अहिले सम्म सञ्चालन भएको छैन। धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म ३५ किलोमिटर रेल सञ्चालन गर्नका लागि नेपालले करिब ८५ करोड रुपैयाँमा भारतबाट रेलको दुई सेट खरिद गरेको हो।
























