जनकपुरधाम । धनुषाको हसपुर नगरपालिका-५ निकाल बजारमा व्यवसायिक सटर निर्माण हुने छ ।
नगरपालिकाको आर्थिक सहयोगमा निकाल बजारम व्यवसायिक सटर निर्माण हुन लागेको हो। नगरपालिकाका मेयर रामज्ञान मण्डलले बुधबार एक कार्यक्रमका बीच सटरको शिलान्यास गरेका हुन्।
शिलान्यास गर्दै मेयर मण्डलले सटर निर्माण भएपछि निकाल बजारमा व्यापार फस्टाउने दावी गरे । नगरपालिकाको मध्यभागमा रहेको निकाल बजार व्यवस्थापनमा सटरले महत्वपूर्ण भूमिका निर्वाह गर्ने धार्ना मेयर मण्डलको थियो।
व्यवसायीक सटरहरु निर्माण भएपछि बाहिरका व्यापारहरु पनि यहाँ व्यापार संचालन गर्ने बिश्वास व्यक्त गरे। एक करोड ५० लाखको धारणा मेयर मण्डलको थियो । लागतमा बजारमा १७ वटा सटर व्यवसायिक सटरहरु निर्माण हुने भएको छ। भएपछि व्यापारीहरुले सुरक्षाको समेत अनुभूति गर्ने भएकोले व्यापार क्षेत्र विस्तारमा सहयोग पुग्ने मेयर मण्डलले थपे ।
वडा नं ५ का वडाध्यक्ष शिवशंकर साहको अध्यक्षतामा भएको शिलान्यास कार्यक्रममा वडा नं १ का वडाध्यक्ष कामेश्वर कापर, वडा न ३ का वडाध्यक्ष उदय सिंह, वडा न ७ का महाध्यक्ष रामसेवक मण्डल, वडा नं ५ का वडासदस्य धनु यादव, निकाल बजार समितिका अध्यक्ष बैजु मण्डल, लोसपा वडा न ५ बढ़ा इकाई समिति अध्यक्ष प्रमेश्वर प्रसाद -साह, जसपाका नेता अजय मण्डल, एमालेका नेता रघुनाथ मण्डल, कांग्रेसका रामबली मण्डल मात्रीवादीका नवल ठाकूर, अक्षय मण्डल गुरुदेव आधारभूत विद्यालयका प्रश्न कामेश्वर ठाकुर, मोहन मावि सुगानिकासका शिक्षक लक्ष्मी प्रसाद मण्डल, बुद्धिजिवि सोखीलाल साह, हजारी साह प्रभु दास लगायतको उपस्थिति रहेको थियो
























