जनकपुरधाम, पुष ७ गते। जनता समाजवादी पार्टी नेपालका समाजवादी नेता प्रदेश सांसद रामअशिष यादवले नेपालमा लामो समयदेखि शासन गर्दै अाई रहेका रुढीवादी पार्टी कांग्रेस र नेकपा एमालेको शिक्षा प्रति गलत नीति र शिक्षक प्रति राजकीय विभेदका कारण समग्र देशको शिक्षा क्षेत्र धवस्त भएको कुरा बताउनुभएको छ।
शिक्षा पत्रकार समाज द्वारा जनकपुरधाम मा आयोजित मधेश मा शिक्षा को मुद्दा र संचार क्षेत्रको प्राथमिकता विषयक कार्यशाला गोष्ठी को उदघाटन क्रममा प्रदेश सांसद यादवले सो कुरा बताउनुभएको छ।
उहाँले शिक्षा सुधार का लागि शिक्षक प्रोत्साहन, नविन प्रविधिले शिक्षक प्रशिक्षण, विधालय को नविन प्रविधि युक्त भौतिक पूर्वाधार विकास, खानेपानी र दिवा खाजा को व्यवस्थापन, विधार्थी को अनुपातमा बिषयगत शिक्षक को व्यवस्थापन, अभिभावक र शिक्षकको विच समय समयमा बैठक ,पुर्ण वातावरण मैत्री विद्यालय र नियमित रूपमा सरोकारवाला निकाय द्वारा अनुगमन, मुल्यांकन र शिक्षक पुरस्कृत सहित का योजना मा नेतृत्व ले गम्भिरतापूर्वक कार्यन्वयन गर्नुपर्ने आवश्यकता रहेको कुरा बताएका छन्।
प्रदेश सांसद यादवले पत्रकार साथीहरुले दलिय राजनीति मुद्दा का साथै मधेश को शिक्षा सुधार अभियानका लागि सुक्ष्म रुपमा अन्वेषण गरी पत्रकारिता गर्नुपर्ने आवश्यकता माथि जोड दिनुभयो।
शिक्षा पत्रकार समाज का अध्यक्ष प्रकाश शिलवाल को अध्यक्षता मा सम्पन्न कार्यक्रममा वरिष्ठ पत्रकार चन्द्र किसोर, शिक्षा विज्ञ टीका भट्टराई, वरिष्ठ पत्रकार हरि थापा, शिक्षा पत्रकार समाज प्रदेश नं २ का संयोजक सुरेश यादव सहित वक्ताहरुले शिक्षा सुधार सम्बन्धमा जोड दिएका छन्।
सो कार्यक्रममा प्रदेश ८ जिल्ला का पत्रकार हरुको सहभागिता रहेका छन्
























