• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

प्रदेश २ को नामकरण ‘मधेस’ र राजधानी ‘जनकपुरधाम’ मा मतदान गर्न मन्त्री साहको आग्रह

२०७८ माघ ३, सोमबार १२:०९
प्रदेश २ को नामकरण ‘मधेस’ र राजधानी ‘जनकपुरधाम’ मा मतदान गर्न मन्त्री साहको आग्रह

प्रदेश २ का अर्थमन्त्री एवम् प्रदेशसभा सदस्य शैलेन्द्रप्रसाद साहले प्रदेश २ को नामकरण ‘मधेस’ र राजधानी ‘जनकपुरधाम’ मा मतदान गर्न प्रदेशसभा सदस्यहरुलाई आग्रह गरेका छन् ।

प्रदेशका नाम र राजधानी टुंगो लगाउन प्रदेशसभा २ मा सोमबार हुने मतदानअघि मन्त्री साहले विज्ञप्ति जारी गर्दै मधेस विद्रोहका पृष्ठभूमि, जनविद्रोहबाट प्रतिबिम्बित जनचाहना र सार्वजनीन आवश्यक्ताका सिद्धान्त तथा व्यवहारका आधारमा प्रदेशको नाम मधेस र राजधानी जनकपुरधाम हुनुपर्ने सो आग्रह गरेका हुन् ।

जनता समाजवादी पार्टी (जसपा) नेपालका नेतासमेत रहेका मन्त्री साहले बहुविध भाषिक र सांस्कृतिक समुदायलाई सम्बोधन गर्ने मधेस शब्दको स्वीकार्यताले पहिचान र अधिकारप्राप्तिको लडाइलाई अझ सशक्त बनाउन प्रदेशको नाम मधेस र राजधानी जनकपुरधामले प्रेरणा प्रदान गर्ने विज्ञप्तिमा उल्लेख गरेका छन् ।

उनले प्रदेशका नाम र राजधानीप्रति प्रदेशवासीको स्वामित्व, अपनत्व र ममत्व अभिव्यक्त हुने ऐतिहासिक र दुरगामी प्रभावका दृष्टिले आजका दिन महत्वपूर्ण हुने विश्वास व्यक्त गर्दै संवैधानिक प्रावधान र जनादेशअनुरूप प्रदेशको नाम र राजधान निर्धारण गर्ने कामका लागि प्रदेशसभा सदस्यहरूले निरन्तर प्रयत्न गरेको विज्ञप्तिमा जनाएका छन् ।

उनले संवाद, समन्वय र सहमति र त्यसो नहुँदा असहमतिलाई सहमतिमा रूपान्तरण गर्ने सर्वोत्कृष्ट लोकतान्त्रिक विधि मतदानबाट प्रदेशको नामकरण र राजधानीका विषयमा निचोडमा पुग्ने बेलामा जनसङ्घर्षको लामो श्रृंखलाबाट स्थापित प्रादेशिक राजनीतिक सत्तालाई मजबुत र दिगो बनाउन हामीले विवाद, विमति र मनोमालिन्यबाट माथि उठेर जनआकांक्षालाई सम्बोधन गर्न समेत प्रदेशसभा सदस्यहरूको ध्यानाकृष्ट गराएका छन् ।

उनले लेखेका छन्, प्रदेशको नामकरण र राजधानी तय गर्ने कुरा सही अर्थमा एउटा कठिन र कष्टसाध्य काम हो । तर, पहिलो प्रदेशसभाका सदस्य भएका नाताले यी जिम्मेवारी पुरा गर्ने दायित्व निर्वहन गर्दा भविष्यमा प्रादेशिक सत्ता र समृद्धिका लागि सुन्दर बाटो प्रशस्त गर्नेछ ।’

मन्त्री साहले सोमबारको मतदानबाट प्रदेशको नाम र राजधानी तय भए इतिहासका पानामा प्रदेशसभा सदस्यका काम सुनौला अक्षरले लेखिने भनेका छन् ।
जसपा नेता साहले अधुरो, अपुरो, त्रुटिपूर्ण र विभेदकारी संविधानबाट प्राप्त सङ्घीय संरचनाअन्तर्गत प्रादेशिक सत्ता गरिरहँदा स्वायत्तता र स्वशासन अभ्यास निषेधित हुनेगरी अघि बढ्न बाध्य हुनुपरेको कठोर यथार्थबारे अवगत नै रहेको बताउँदै विज्ञप्तिमा संविधान निर्माणका स्रोत र आधारहरूलाई उपेक्षा गर्दै जनअभिमतविपरीत संघीयता, शासकीय स्वरूप, निर्वाचन प्रणाली, नागरिक्ताजस्ता कुराहरूलाई वस्तुपरक ढंगले सम्बोधन नगरिएको गुनासो समेत प्रकट गरेका छन् ।
तर उनले लोकतान्त्रिक विधि एवम् संविधानलाई पूर्णता दिने कुरामा जनता प्रक्रियाबाटै संशोधन तथा परिमार्जन गराई समाजवादी पार्टी (जसपा) नेपाल प्रतिबद्ध रहँदै आएको थप्दै पार्टीको त्यस दृष्टिकोणप्रति देशका विभिन्न राजनीतिक शक्तिहरूले विभिन्न गरिसकेकालाई सकारात्मक रूपमा सम्झौता र समझदारी गर्दै आफ्ना सहमति अथ्र्याएका छन् ।

प्रदेशका सातवटा संरचनाप्रति जसपा नेपालको विमति रहेको प्रस्ट्याउँदै नेता साहले ऐतिहासिक मधेस जनविद्रोहबाट प्राप्त संघीयतालाई संस्थागत र सुदृढ गर्ने कुरामा आफूहरूले निकै सजगता अपनाएकोमा जोड दिँदै प्रदेशको नामकरण र राजधानीका विषयमा आएका प्रस्ताव र ती प्रस्तावउपर का छलफल प्रदेशसभाको सर्वोच्चता र विशिष्ठताको एउटा अविस्मरणीय अध्याय बन्ने औंल्याएका छन् ।

सम्बन्धित खवर

सभामुखसंग प्राधानाध्यापकहरुको अन्तक्रिया
प्रदेश विशेष

सभामुखसंग प्राधानाध्यापकहरुको अन्तक्रिया

56 years पहिले
डेपुटी गभर्नरमा पण्डित नियुक्त
प्रदेश विशेष

डेपुटी गभर्नरमा पण्डित नियुक्त

56 years पहिले
पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ
प्रदेश विशेष

पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

56 years पहिले
मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए
प्रदेश विशेष

मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए

56 years पहिले
पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ
प्रदेश विशेष

पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ

56 years पहिले
गृहमन्त्री सुदन गुरुङद्वारा तीन अध्यादेश पेस
प्रदेश विशेष

गृहमन्त्री सुदन गुरुङद्वारा तीन अध्यादेश पेस

56 years पहिले

ताजा समाचार

सभामुखसंग प्राधानाध्यापकहरुको अन्तक्रिया

सभामुखसंग प्राधानाध्यापकहरुको अन्तक्रिया

56 years पहिले
डेपुटी गभर्नरमा पण्डित नियुक्त

डेपुटी गभर्नरमा पण्डित नियुक्त

56 years पहिले
पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

56 years पहिले
मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए

मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए

56 years पहिले
पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ

पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ

56 years पहिले


अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

 

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि

© 2020 The Pradesh Times || Design By: Pro-Tech