
जनकपुरधाम , जसपा नेता मोजिम राइनले मुस्लिम समुदायका बालबालिकालाई इस्लामिक शिक्षासँगै आधुनिक शिक्षासँग जोड्नुपर्नेमा जोड दिनुभएको छ।
महोत्तरी जिल्लाको मटिहानी नगरपालिका वडा नं. ४ मझौरा स्थित मदरसा खदिजतुल कुबरा गर्ल्स स्कुलको शैक्षिक वार्षिक प्रतियोगिता समारोहलाई सम्बोधन गर्दै जसपा नेता मोजिम राइनले आधुनिक युगसँग प्रतिस्पर्धा गर्न आधुनिक शिक्षालाई जोडनुपर्ने उहाँले बताउनुभयो।
उनले देशका पिछडिएका मुस्लिम, दलित र महिलाको अधिकार सुनिश्चित गर्न शिक्षाले भूमिका खेल्ने बताए ।
स्कुल व्यवस्थापन समितिका अध्यक्ष मौलाना अब्दुल अजिजले चालेको कदमहरु सराहनीय रहेको उल्लेख गरे ।कार्यक्रममा मटिहानी नगरपालिकाका मेयर हरिप्रसाद मण्डल सहितका वक्ताहरुले सम्बोधन गरेका थिए ।























